Photo of Milford Sound in New Zealand

पुस २६, २०७४ भद्रपुर, (झापा) : वेटर र कुकको काम भन्दै युवतीलाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट एक होटल सञ्चालकलाई पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजका सञ्चालक ३८ वर्षीय राजकुमार सिटौला पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ परेका सिटौलालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गराई कारवाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

घटनामा संलग्न एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ। तीन युवतीलाई यसरी लगाए यौनधन्धामा झापा घुम्न आएका १८ वर्षीय र दुई जना १७ वर्षीय युवती गत कात्तिकमा बिर्तामोडको नयाँ बसपार्कमा रहेको एवान होटल एण्ड लजमा कोठा लिएर बसेका थिए। सञ्चालक सिटौलाले काउन्टर, वेटरमा र कुकमा काम दिन्छु भनी काममा लगाए। कामकैसिलसिलमा उनीहरुलाई आर्थिक प्रलोभन देखाएर यौनधन्दामा लगाए। यौनधन्दामा लगाएपछि उनले होटलमा नराखेर अन्यत्रै कोठा खोजिदिएको नायब प्रहरी उपरीक्षक कोइरालाले बताए। प्रहरीले छापा मारेर पक्राउ गर्ने डरले सिटौलाले उनीहरुलाई होटलमा नराखी बिहान कोठाबाट ल्याउने र पुर्‍याउने गरेका थिए।

एक महिलाको सहयोगमा आठराई पाँचथर होटलमा लगेर पनि दैनिक जसो यौनधन्दा गराउने गरेको प्रहरीको दाबी छ। यसरी पक्राउ परे सिटौला आर्थिक प्रलोभनमा पारेर युवतीहरूलाई यौनधन्दामा लगाएका होटल सञ्चालक सिटौलाले धन्दामा लगाए बापत उनीहरुलाई रकम दिएका थिएनन्। पीडितमध्ये एक जना पुस २४ गते कोठाबाट भागेर इलाका प्रहरी कार्यालय आइपुगेकी थिइन्। युवतीले होटल सञ्चालकले यौनधन्दाको बारेमा जानकारी गराएसँगै प्रहरी टोलीले होटल सञ्चालक सिटौलालाई पक्राउ गरेको हो।

उनलाई सोही दिन पक्राउ गरेपनि उनको सहयोगी महिला भने फरार रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए। करिब साढे दुई महिना यौनधन्दामा लगाएबापत १८ वर्षीया युवतीको दुई लाख, १७ वर्षीय युवतीको एक लाख ५० हजार र अर्की १७ वर्षीया युवतीको ५० हजार रुपैयाँ सञ्चालक सिटौलाले दिन नमानेपछि युवतीहरू प्रहरीमा उजुरी गर्न अाएको नायब उपरीक्षक कोइरालाले बताए।

थाहखबर बाट

The post यौनधन्दा गराउने होटल सञ्चालक यसरी परे प्रहरीको फन्दामा, हेर्नुस घटनाको पूर्ण विवरण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mbRqPQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top