Photo of Milford Sound in New Zealand

कपिलवस्तुमा एउटै वाडका दुई महिला बेपत्ता भएका छन् । वाणगंगा नगरपालिका वडा–९ भलवाडका दुई जना १४ दिनदेखि बेपत्ता भएका हुन् ।

बक्सीसपुर टोलमा घर भएकी २२ बर्षकी गीता गुरुङ्ग यही मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन् ।

भलवाड घर भएकी राधा नेपाली परियार पुष ५ गते देखी बेपत्ता भएको पारिवारीक स्रोतले रातोपाटीलाई बतायो ।

माइतबाट घर फर्केकी थिइन् गिता
गीता गुरुङ्गको माईती अर्घाखाँची गौचौर हो । उनी मंसिर १५ गते साढे दुई बर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताईन् । तीन दिन माइतमा बसेपछि उनी घर फर्कनको लागि बस चढेको माईती परिवारले बताएको छ । म घर आइपुगेँ भनेर आफूलाई समेत फोन गरेको गीताकी आमाले बताइन् ।

भाउजु किन घर आउनुभएन भन्दै नन्दले २४ दिनपछि गिताको माईतीमा फोन गर्दा मात्र उनी हराएको पुष्टि भएको हो । उनकी सासुले आँसु झार्दै भनिन्, “आफन्त भएका सबै ठाँउमा खोजियो, कतै पत्ता लगाउन सकिएन, नातिको सारै याद आउछ ।”

यसरी हराइन् राधा
पुस ५ गतेदेखि बेपत्ता भएकी राधाको घटना भने फरक छ । ‘मलाई कसैले नखोज्नुहोला’ भन्ने एक पेजको चिठी लेखेर उनी बेपत्ता भइन् । ‘मैले हजुरहरु र हजुरको छोरालाई कहिल्यै खुसी दिन सक्ने छैन ।’ पत्रमा लेखिएको छ ।

राधा कहाँ गईन् भन्ने अहिले सम्मपत्ता लाग्न नसकेको उनका ससुरा छन्द बहादुर परियारले बताए । राधाले लेखेको पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखिएको परियारले बताए । सबै ठाउँमा खोजी गदर्जा पनि पत्ता लगाउन नसकिएको पारिवारीक स्रोतले बतायो ।

गिता गुरुङ्गका श्रीमान् मलेशियामा र राधाका श्रीमान् ओमनमा हुनुहुन्छ । दुवै परिवारले ईलाका प्रहरी कार्यालयमा खोजिदिनका लागि निवेदन दिएको र खोजीकार्य भईरहेको प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए । स्रोत: रातोपाटी

The post कपिलवस्तुमा राधा र गीता बेपत्ता: श्रीमान् विदेशमा, परिवार तनावमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lLD7kD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top