Photo of Milford Sound in New Zealand

काठमाडौं , गर्भ निरोधका लागि यौन सम्पर्कका बेला लिङ्गमा प्रयोग गर्न सकिने शुक्रनाशक कन्डम बनाइएको छ । पातलो लेटेक्सले यो कन्डम बनाइएको छ । शुक्रनाशक कन्डम चलन चल्तीका अन्य कन्डमभन्दा फरक खालको छ किनभने यसमा शुक्रनाशक रसायनको पत्र चढाइएको छ ।

सो रसायनले शुक्राणुलाई नाश गरेर गर्भाशयमा पुग्न दिँदैन । शुक्रनाशक प्रायः जेली, क्रिम वा फमका रूपमा बजारमा उपलब्ध हुन्छ । शुक्रनाशकमा प्रयोग गरिने रसायन नानोसेनोल–९ हो । यस रसायन शुक्राणुको सक्रियतामा अवरोधक बन्छ ।

वीर्य स्खलित हुँदा शुक्राणु गर्भाशयको मुखमा हुने सर्भिक्सतिर पौडिन थाल्छन् । त्यसरी पौडिरहेका शुक्राणुलाई गर्भाशयमा पुग्नु पहिले नै मार्नेगरी शुक्रनाशक बनाइएको हुन्छ । राम्रोसँग प्रयोग गरेमा परम्परागत कन्डम गर्भ निरोधमा ९८ प्रतिशत प्रभावकारी देखिएको छ ।

शुक्रनाशक कन्डम कत्तिको प्रभावकारी हुने हो भन्ने बारेमा हाल उपलब्ध जानकारीले स्पष्ट हुँदैन । गर्भ निरोधका लागि परिवार नियोजनको कुन साधन प्रभावकारी हुने हो भन्ने विचार गर्दा यौन रोगबाट समेत बचाउने साधनमा ध्यान दिनु बुद्धिमानी हुन्छ । यौन सम्पर्कका बेला नियमित रूपमा र राम्रोसँग कन्डम लगाउँदा यौन रोग सर्ने जोखिम धेरै हदसम्म कम हुन्छ । शुक्रनाशक कन्डमको प्रभावकारिता यस पक्षमा जाँच हुन बाँकी नै छ । नानोसेनोल–९ भएको शुक्रनाशकको बारम्बार प्रयोगले बरु एचआईभी सङ्क्रमण र अन्य यौन रोग सर्ने खतरा बढ्ने प्रमाण जुटाइएका छन् ।

नानोसेनोल–९ लाई कन्डममा प्रयोग गरिएपछि यौन रोग रोक्नमा त्यसको प्रभावकारिता जाँच गरिनु आवश्यक छ । तथापि शुक्रनाशक कन्डम महँगो छैन र चिकित्सकको सल्लाह बिना पनि यसलाई प्रयोग गर्न सकिन्छ । महँगो नभए पनि शुक्रनाशक कन्डम किन्न परम्परागत कन्डमभन्दा बढी खर्च गर्नुपर्ने छ । तुलनात्मक रूपमा शुक्रनाशक कन्डमको म्याद कम हुन्छ । शुक्रनाशक कन्डमले एलर्जी पनि देखिन सक्छ ।
source: bigul news

The post बजारमा आयो शुक्रकिट नाशक कन्डम, यसरी प्रयोग गर्नुहोस्…… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EH6bT0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top