Photo of Milford Sound in New Zealand

नेपालगञ्ज । नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहको हरकतले प्रहरी प्रशासन हैरान बन्न थालेको छ । सुरक्षा निकायलाई जानकारी नै नदिई हिँडन थालेपछि प्रहरी हैरान बनेको हो ।

पूर्वराजाले सोमबार नेपालगञ्ज बजारको अवलोकन गर्दा देखिएको दृष्यले प्रहरीको हैरानी बाहिर आएको हो । सुरक्षा निकायलाई थाहै नदिई पूर्वराजा सोमबार बिहान बाहिर निस्केपछि प्रहरी कर्मचारीको कुदाकुद भयो । बा २ च ६४१८ नम्बरको कार चलाएर ज्ञानेन्द्र नेपालगञ्ज बजारतिर निस्केका थिए । पूर्वराजाले नेपालगञ्जको सुर्खेतरोडमा केहीबेर यात्रा गरे । नेपालगञ्ज भन्सारसम्म पुगेर फर्किएका ज्ञानेन्द्र होटलमा नपसी फेरि कोहलपुरतिर लागे । गनापुरबाट फर्किएर ज्ञानेन्द्र सोल्टी होटल पुगेका थिए ।

पूर्वराजा एक्कासि केही नभनी हिँडेपछि बाँके प्रहरी ठूलै तनावमा परेको थियो । सोल्टी होटलबाट नेपालगञ्ज बजारतिर निस्केपछि बागेश्वरी मन्दिर दर्शन हुन सक्ने बुझेर प्रहरीको एउटा टोली मन्दिर पुगेको थियो । वडा प्रहरी कार्यालयका इन्चार्ज राजन गौतमको टोली धेरैबेरसम्म मन्दिर बसेर फर्कियो ।

पूर्वराजा कोहलपुरतिर गएको भन्ने बित्तिकै अर्का प्रहरी निरीक्षक वसन्त गौतमको टोली कोहलपुरतिर हान्नियो । उसले पनि पूर्वराजालाई भेट्न सकेन । केहीबेरपछि पूर्वराजा सोल्टी होटलमा पुगेको त्यहाँ रहेका असईले जानकारी गराएपछि कोहलपुरतिर लागेको र बागेश्वरी मन्दिरमा रहेको प्रहरी टोली फर्किएको थियो ।

पूर्वराजाको भ्रमणतालिका सुरक्षा निकायलाई नदिँदा बाँके प्रहरी तनावमा छ । सोल्टी होटलमा बसेका पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएको छ । सशस्त्रका डिएसपीले कमान्ड गरेको टोली त्यही बसेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्रप्रसाद अर्यालले पूर्वराजपरिवारको सुरक्षामा सशस्त्र प्रहरीको टोली खटिएकोले आफुहरूसँग उनको भ्रमण र यात्राको बारेमा समन्वय नहुने गरेको बताए । sunaulonepal

The post पुर्वराजाका कारण प्रहरीलाई तनाब, यतिसम्म भयो .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A5mwxB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top