Photo of Milford Sound in New Zealand

काठमाडौं – नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धनमा ५० डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी २५ रुपैयाँ प्रतिसिलिन्डर वृद्धि भएको छ ।नयाँ पत्रिकाले छापेको छ ।

मूल्य बढेपछि मंगलबार बिहानबाट उपभोक्ताले पेट्रोल एक सय दुई, डिजेल र मट्टीतेल समान ७९ रुपैयाँमा खरिद गर्नुपर्नेछ । खाना पकाउने ग्यास बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धन ९० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन नौ सय डलर प्रतिकिलोलिटर पुगेको छ ।

निगम प्रवक्ता वीरेन्द्र गोइतले भारतीय आयल कर्पोरेसन ९आइओसी० बाट नयाँ मूल्यसूची बढेर आएकाले मूल्यवृद्धि गरिएको बताए । ‘मूल्यवृद्धिपछि निगमलाई मासिक रूपमा २६ करोड ४० लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ,’ उनले भने । आइओसीले प्रत्येक १५ दिनमा ९१ र १६ तारिख० मा नयाँ मूल्यसूची पठाउने गर्छ । १ तारिखमा सबै पेट्रोलियमको र १६ तारिखमा पेट्रोल, डिजेल र मट्टीतेलको मात्र नयाँ मूल्य सूची पठाउने गर्छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ र आइओसीले पठाउने मूल्य पनि बढ्न थालेको निगमले जनाएको छ । आइओसीले पठाएको नयाँ मूल्यका आधारमा पछिल्लो ४५ दिनमा निगमले तीनपटक पेट्रोलियमको भाउ बढाइसकेको छ ।

The post ह्वात्तै बढ्यो इन्धनको मूल्य, देउवा सरकारले फेरी बढायो ग्याँसको मूल्य पनि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lHb7im
via IFTTT

0 comments:

Post a Comment

add

 
Top