Photo of Milford Sound in New Zealand

धन कमाउन साउदी आएका रामकुमार चार महिनामै ह्विल चियरमा फर्किए१ जनवरी, जेद्धा । ‘समस्या बाजा बजाएर आउँदैन ‘ भने जस्तै रामकुमार बोहोराको जीवनमा पनि त्यस्तै भएको छ ।

साउदी अरबको अबाहस्थित इस्ट जाफर फर शेहरी कन्ट्रयाक्टिङ कम्पनिमा काम गर्न आएका रामकुमार चार महिना नबित्दै ८ अगष्टमा बेलुकाको खाना खाएर कोठामा फर्किंदै गर्दा दुर्घटनामा परी गम्भीर घाइते भए ।

नेपालको माउन्ट कन्चन इन्टरनेशनल म्यानपावरबाट २८ अप्रिल २०१७ मा साउदी अाएका उनी सडक छेउमा हिँडिरहेका बेला बंगाली नागरिकले चलाएको गाडीले ठक्कर दिएर गम्भीर घाइते भएका हुन् ।

तत्कालै महाद हस्पिटल लगेर प्रारम्भिक जाँच गरी मदिनाको किङ फहादहस्पिटल रिफर भए जहाँ उनलाई बीस दिन आइसियूमा राखी उपचार गरियो ।

टाउकोमा गम्भिर चोटका कारण अचेत भई स्मरणशक्तिनै गुमाएका बोहोराको सघन उपचारपछि भने होस खुल्यो र सामान्य बोल्न सक्ने त भए तर उनको शरीरको दाहिने पट्टीको भाग भने अझैपनि अचेतनै छ ।

महावाणिज्य दूतावासको सहयोग

ढिलोगरी सूचना पाएको महावाणिज्य दूतावास जेद्धाले तदारूकताका साथ काम ग¥यो । बोहोरा काम सकिई रेस्ट आवरमा दुर्घटनामा परेको हुँदा बीमाबाट प्राप्त हुने सुबिधावाट बन्चित भए ।

उपचारको क्रममा हस्पिटलको बिलनै ९४ हजार रियाल पुगेकाले हस्पिटलको बिल नतिरी उनलाई हस्पिटलबाट निकाल्न सकिने अबस्था थिएन । चार सय किलोमिटर टाढारहेको मदिनाको हस्पिटल महावाणिज्य दूतावासका वाणिज्यदूत मनहरी दंगाल स्वयम्लेले बोहोरालाई नेपाल पठाउन सकिने सम्भाव्यताको बारेमा हस्पिटलसँग बुझेर बोहोरा कार्यरत कम्पनीसँग सम्पर्क गरेका थिए ।

कानुनी प्रकृया पूरा गरी नेपाल फर्काइयो

हस्पिटलको बील तिर्ने सवालमा थड पाटी इन्सुरेन्सवाट भुक्तान हुनेगरी बोहोराको तर्फवाट कन्सुलेट र बोहोरा कार्यरत कम्पनीको रोहबरमा वकिललाई वारिसनामा दिई अदालतमा वंगाली नागरिक कार्यरत कम्पनीबिरूद्ध मुद्धा दर्ता गराउने र अदालतले फैसला गरे अनुरूप हस्पिटलको ९४ हजार रियाल बील भन्दा बढी क्षतिपूर्ति फैसला भएमा बोहोरालेनै पाउने कागजमा उल्लेख गरिएको छ ।

२७ डिसेम्बरमा रामकुमारलाई यी प्रकृया पूरा गर्न दूतावासमै ल्याइएको थियो ।

२८ डिसेम्वरमा नेपाल पठाउन कम्पनीले फ्लाई दुबर्इको टिकट काटी एरपोट लगेपनि रामकुमारको स्वास्थ्य अवस्था हेरी एरलाइन्सले यात्रा अनुमतिनै दिएन र एयरपोटबाटै फर्काइयो ।

पुन: म्यानपावर कम्पनीले उपलब्ध गराएको टिकटमा ३० तारिक यात्रा गराउन हिमालय एरलाइन्सलाई अनुरोध गरी जेद्धावाट दमामाको आन्तरिक उडानको टिकटकाटी कम्पनीको सहयोगीको साथमा दमाम पठाउन सफल भएको बताउँछन् बाणिज्यदूत दंगाल ।

परिवारको उपयुक्त हेरचाहमा थप उपचारका लागि ३१ डिसेम्बरमा उनी दमामबाट नेपाल उडे ।

कम्पनीले दिनुपर्ने तलब ३९ सय रियाल परिवारलाई उपलब्ध गराउने र अन्य सेवासुबिधाहरूको समेत प्रकृया पूरा भए लगत्तै सो सम्बन्धी जानकारी परिवारलाई गराइनेछ भनी महाबाणिज्य दूतावासले बताएको छ । onlinekhabar

The post धन कमाउन साउदी आएका रामकुमार चार महिनामै ह्विल चियरमा फर्किए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CrAEq9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top