Photo of Milford Sound in New Zealand

धनुषा – हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

जनकपुर उपमहानगरपालिका–१ स्थित धर्मवान टोलको दलित बस्ती र जनकपुरको कविर अनाथ बालआश्रममा कम्बल वितरण गरिएको हो । चिसोसँगै चलेको शीतलहरले कठ्यांग्रिन बाध्य धर्मवान टोलका ८० घरपरिवारलाई बुधबार धुर्मुसले कम्बल घरघरमा पुगेर वितरण गर्नुभयो ।

उक्त बस्ती गत असार महिनामा आएको बाढीले डुबानमा परेर दर्जनौँ घरपरिवार विस्थापित हुनुपरेको थियो । त्यति बेला पनि धुर्मुस सुन्तली फाउण्डेशनबाट बाढी प्रभावित त्यस बस्तीका परिवारलाई खाद्यान्न त्रिपाललगायत सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका–८ स्थित कविर अनाथ बाल आश्रमका १० बालबालिकाका लागि २० वटा कम्बल उहाँले आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गर्नुभयो ।

धुर्मुसले हालसम्म बारा, रौतहट र धनुषाका विभिन्न दलित बस्तीका सयौँ घरपरिवारलाई एक हजार ५०० कम्बल वितरण गरिसकिएको जानकारी दिनुभयो ।

The post हास्य कलाकार धुर्मुसले तराईका दलित बस्ती र अनाथाश्रममा नै पुगेर बाँडे न्यायो कपडा, तस्विर बने भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CED3ho
via IFTTT

0 comments:

Post a Comment

add

 
Top