Photo of Milford Sound in New Zealand

नेपाली बिरता अनि नेपाली सिरुपाते खुकुरीले के हो भन्ने कुरा नेपाली इतिहासले बताउछ.केहि समय अगाडी एक नेपालीले आफ्नो बाहदुरी देखाएर संसार भर चर्चित बनेका थिए.

मध्यरात घना जंगलमा यात्रुबाहक रेलभित्र दर्जनौं डाँकासँग एक्लै भिडेर एक गोर्खा सैनिकले देखाएको बहादुरीलाई भारत सरकारले उच्च सम्मान गरेको थियो .केहि समयअघि कैयौंको जिउधन जोगाएर बहादुरी देखाउने ती सिपाहीलाई भारत सरकारले उच्च कदरस्वरूप तीन सर्वोत्कृष्ट अवार्डले सम्मान गर्यो ।

पोखरा-६ बैदामका ३५ वर्षीय विष्णु श्रेष्ठ त्यस्ता बहादुर हुन्, जो भदौ १७ गते मध्यरात राँची-गोरखपुर रेलयात्राका क्रममा डाँका समूहसँग एक्लै भिडे, एउटै खुकुरीको भरमा। तीन डाँका मारिए, लुटिएका लाखौं मूल्यको धनमाल फिर्ता भयो। श्रेष्ठले धेरैलाई जीवनदान मात्र दिएनन्, बाबुआमाकै सामुन्ने डाँका समूहबाट बलात्कृत हुन लागेकी युवतीको इज्जत पनि जोगाइदिए।

वीरताको बदला भारत सरकारले आफूलाई सौर्यचक्र, ब्रेभरी अवार्ड र सर्वाेत्तम जीवनरक्षा मेडलबाट सम्मान गर्न लागेको श्रेष्ठले जानकारी दिए। हेर्नुहोस कसरी भिडे त उनि ४० जना डाकासंग.पुरा भिडियोमा हेर्नुहोस

The post बहादुर विष्णु श्रेष्ठ जसले रेलमा एउटा खुकुरीको साहेताले एकलैले ४० गुण्डालाई धुलोपिठो पारे(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lYpNtw
via IFTTT
05 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top