Photo of Milford Sound in New Zealand

द्धन्द निर्देशक हिमाल केसीले निर्देशन गरेको चलचित्र ‘पिँजडा ब्याक अगेन’ यतिबेला रिलिज भईरहेको छ । सिंगल स्क्रिन हलहरुमा दर्शकको राम्रो साथ पाएको ‘पिँजटा ब्याक अगेन’ लाई लिएर निर्माण टोली जापान उडेको छ । निखिल उप्रेती , सञ्चिता लुईटेल र निर्देशक हिमाल केसीको टोली आज मंगलबार जापान उडेका हो ।

‘पिँजटा ब्याक अगेन’ जापानको विभिन्न शहरहरुमा रिलिज गरिने योजना रहेको छ । जापानको शोका लागि चलचित्रकी मुख्य नायिका सारा सिर्पाली भने छुटेकीछिन् । नेपालको कलेक्सन सन्तोषजनक रहेको बताईएको यस चलचित्रमा मौनता श्रेष्ठको कथा रहेको छ भने निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ ।

The post सञ्चिता लिएर जापान उडे निखिल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2F5cIX6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top