Photo of Milford Sound in New Zealand

काठमाडौं, ९ माघ। नायिका श्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमामा मंगलबार आयोजित कार्यक्रममा कान्छीको ट्रेलर सार्वजनिक गरिएको हो ।

आफ्नो निर्माण तथा अभिनय रहेको कान्छीको ट्रेलर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नायिका श्वेताले कान्छी आफ्नो स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठलाई समर्पित गरेको बताइन् ।

पति श्रीकृष्णलाई कान्छी समर्पित गरेको बताइरहँदा श्वेताको आँखाबाट आशु बगेको थियो । सोही क्रममा श्वेतासँगै उनकी आमा पनि भावुक भएकी थिइन् ।

आकाश अधिकारीको निर्देशन रहेको कान्छीमा दयाहाङ राई, श्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्जवल सुजल गिरीलगायतको अभिनय रहेको छ ।

आउँदो फागुन ४ गते कान्छीको रिलिज मिति तोकिएको छ । सो चलचित्रमा संगीत अर्जुन पोखरेलको, कोरियोग्रफी बसन्त श्रेष्ठको र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

The post ‘कान्छी’को ट्रेलर सार्वजनिक गर्दा थामिएनन् नायिका श्वेता खड्काको आँशु (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2n5ai3h
via IFTTT

0 comments:

Post a Comment

add

 
Top