Photo of Milford Sound in New Zealand

सञ्चिता लुईटेल/नायिका

म परिवारकी ठूली छोरी हुँ । सानोमा मलाई सबैले मुनु भनेर बोलाउनु हुन्थ्यो । अहिले पनि मेरो घरको नाम मुनु नै हो ।

मेरो घर काठमाडौं बत्तीसपुलतीमा थियो । अहिले पनि माइती त्यहीँ छ । म सानो हुँदा घरअगाडि सानो माछा पोखरी थियो । म ममीहरुले नदेख्ने गरी त्यहाँ गइरहन्थेँ । पटक-पटक त्यहीँ गएर माछा हेर्ने र माछालाई जिस्क्याउने गर्थें । एकपटक पोखरीमै लडेछु । हस्पिटलै भर्ना गर्नु परेको थियो ।

सानैदेख मेरो वेष्टफ्रेण्ड नै मेरो बाबा हो । अहिले पनि म हरेक कुरा बाबालाई सोधेर मात्रै निर्णय गर्छु । ममीसँग त्यस्तो छलफल कहिल्यै गरिनँ ।

मैले सानो वेलामा त्यति ठूलो बद्मासी गरिनँ । स्कुल घरबाट नजिकै थियो । प्राय बाबासँगै स्कुल जानेआउने गर्थें । म क्लासमा जहिल्यै दोस्रो हुन्थेँ । साथीहरु सबैसँग राम्रो सम्बन्ध थियो । स्कुलमा पनि कसैसँग झगडा भएन ।

घरमा हुँदा फिल्म हेर्ने र गेम खेल्ने बानी थियो । हिरोइन बन्छु भनेर कहिल्यै सोचिनँ । तर, फिल्म हेर्दा हरेक क्यारेक्टरबाट म प्रभावित हुन्थें । स्कुल पढुन्जेल मेरो मनपर्ने सेलीब्रेटी पनि कोही थिएन । फिल्म घरमै हेर्थे । फिल्म हेर्नकै लागि स्कुल छाडेर गएको घटना भने छैन ।

घरमा दिदीबहिनीको कहिल्यै झगडा भएन । बहिनीले विवाह गरेर गएपछि फोन गरेर भन्दै थिई, ‘हाम्रो किन होला कहिल्यै झगडा नभएको ?’

बाबा, ममी, अंकल प्रायः सबै जागीरे हुनुहुन्थ्यो । हाम्रो संयुक्त परिवार थियो । खाना बनाउने वा अरु काम गर्दा सबै जना जम्मा भएर आ-आफ्नो काम गर्नु हुन्थ्यो । मैले पनि ग्रुपमा मिसिएर केही काम सघाँए होला तर, कामै गरेको याद छैन ।

लाउने मामलामा म सौखिन थिएँ । बाबाले मलाई मन परेको कुरा किनिदिनु हुन्थ्यो । त्यसकारण कहिल्यै यो चाहियो भनेर पिर्नु परेन ।

सानोमा म धेरै बिरामी हुन्थेँ । मेरो एउटा खुट्टा दुई इन्च लामो थियो । म खोच्याएर हिँड्थेँ । बाबाले डाक्टरलाई देखाउनु भयो । डाक्टरले भारत लगेर काटेर छोट्याउन पर्छ भने । मैले चिनेको एकजना अन्टीको पनि खुट्टा लामो छोटो भएकै कारण भारत लगेर काटेर ल्याइएको थियो । उहाँ पछिसम्म पनि खोच्याएरै हिँड्नुहुन्थ्यो ।

म नौ वर्षको हुँदा बाबाले डा. अशोक बास्कोटालाई भेटेर प्लाष्टर गर्न आग्रह गर्नु भयो । डक्टरले मानेका थिएनन् तर, बाबाकै करले दुबै खुट्टाको प्लाष्टर गरियो । नौ महिनासम्म प्लाष्टर गरेपछि ठिक भयो । काटेर छोट्याउनु परेन । onlinekhabar बाट

The post नाइका सञ्चिता लुईटेलको एउटा खुट्टा, डाक्टरले काट्नु पर्छ भने पछि’ … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DWZafL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top