केही समय अगाडी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमी मयंक खड्का भनिने महेश खड्कालाई प्रहरीले हिरासतमा लिएको थियो । डेजाभु कल्वका मालिक समेत रहेका साम्राज्ञीका प्रेमी अर्थात मयंकको उक्त क्लबमा भएको तोडफोड र ठगी मुद्धा अनुसन्धानका लागि उनलाई प्रहरीले प्रक्राउ गरेको थियो ।
उनी लगायत आयोजक र क्रिकेटर पृथुमाथि ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दा दायर गरिएको छ । उनी लगायत कार्यक्रम आयोजकले मंसिर २७ दरबारमार्गको डेजाभु कल्वमा अन्तर्राष्ट्रिय डिजे मार्समेलोलाई नेपालमा बोलाएर केटिएम लाईभ इन्टरटेन्मेन्ट र सिक्स वन लाइभले डेजाभुमा वुधबार बेलुका टिकट विक्री गरी कार्यक्रम राखेका थिए।
तर कार्यक्रममा डिजे मार्सेमेलो उपस्थित भएनन्।डिजे उपस्थित नभएपछि कार्यक्रममा सहभागि दर्शकले तोडफोड गरेका थिए। कार्यक्रममा डिजे उपस्थित हुन नसकेपछि दर्शकको टिकटको पैसा फिर्ता नदिइ ठगी गरेको आरोपमा अनुसन्धानका लागि उनीहरुलाई प्रक्राउ गरिएको थियो । मंसिर २८ गते प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ।
The post साम्राज्ञीको प्रेमी प्रहरी हिरासतमै , ३३ लाखको ठगी मुद्धा दायर appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AdGtCv
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.