Photo of Milford Sound in New Zealand

काठमाडौं, ३० पुस । दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका नायक पल शाह र नायिका आचल शर्मालाई फ्यानहरुबाट जोगाउन मुस्किल परेको छ । बिहान म्यारथनको स्टेज पुगेदेखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढेका थिए ।

भिडलाइ थाम्न नसकेपछि दार्जिलिङ पुलिसका डि एस पी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्निसपेटर मिलन गुरुडं ले ५० भन्दा बढि प्रहरीको साथमा पललाई मुस्किलले होटल सम्म पुर्याएको थिए । पल र आचलका का फ्यानहरुले होटलको गेट नछोडेपछी प्रहरीले पुन पललाइ सार्बजनिक गर्नु परेको थियो ।

सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाइ पल आफैले फ्यानहरुसँग फोटो खिच्न दिनलाई अनुरोध गरेका थिए । ‘उहाँहरुको मायाले नै यहाँ सम्म आइपुगेको’ भन्दै भिडमा जान पल तयार भएका थिए । पललाई दिन भर होटलबाहिर कुर्ने अधिकांश युबतीहरु थिए । २ दिन सम्म दार्जिलिङमा बसेका पललाइ पुर्ण सुरक्षा दिइएको थिए ।

दार्जिलिङ ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतिय कलाकार आउदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउदा क्रेज धेरै भएकाले सुरक्षा ब्यबस्था मजबुत बनाइएको बताए ।

The post दार्जिलिङमा सुरक्षाकर्मीको घेरामा पल शाह र आँचल शर्मा, किन गएका थिए … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mDWuxD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top