केही मानिसलाई कार वा बसमा लामो यात्रा गर्नाले उल्टी आउने र वाकवाकी लाग्ने समस्या हुन्छ ।
यस्ता मानिसहरु अन्य कुनै खालको बिरामी भएका हुँदैनन् तर जब उनीहरु कहिँ जानको लागि बस वा कारमा बस्छन् भने चक्कर लाग्न थाल्छ, वाकवाकी लाग्न थाल्छ र उल्टी हुन्छ ।
मानिसहरुलाई घुम्ने धेरै सौख हुन्छ तर गाडीमा उल्टी हुने डरले धेरैले आफ्नो घुम्ने सोचलाई नै त्यागिदिन्छन् ।
‘मलाई घुम्न धेरै मनपर्छ तर यात्रामा हुने बान्ता बा उल्टीको कारणले आफ्नो यो सोखलाई पुरा गर्न सक्दिन ।’
‘खास गरेर म आफ्नो यो समस्याको कारणले पहाडमा घुम्न जान पाँउदिन ।’ गाडीमा उल्टी हुने समस्याले गर्दा धेरैले यस्तै पीडा व्यक्त गर्छन् ।
अझै धेरै जसो मानिसहरुलाई पहाडी बाटोमा यात्रा गर्दा यो समस्या धेरै देखा पर्छ । यसले उनीहरुको यात्रा सुरु हुन भन्दा पहिले नै खराब हुन्छ ।
मानिसहरुलाई घुम्ने धेरै सौख हुन्छ तर गाडीमा उल्टी हुने डरले धेरैले आफ्नो घुम्ने सोचलाई नै त्यागिदिन्छन् ।
तपाईलाई पनि यस्तै समस्या छ भने आज हामी तपाईलाई केही टिप्सहरु दिन गइरहेका छौं जसलाई अपनाउनुभयो भने तपाईले यो समस्याबाट तुरुन्त छुटकारा पाउनुहुन्छ ।
अपनाउनुहोस यस्ता उपायः
१. प्याजको रस
यात्रामा हुने उल्टीबाट बच्नको लागि यात्रामा जान भन्दा पहिला १ चम्चा प्याजको रसमा १ चम्चा अदुवाको रस मिसाएर खानुहोस । यसले तपाईलाई यात्राको समयमा उल्टी आँउदैन तर यदि यात्रा लामो छ भने यो रसलाई बनाएर साथमा पनि राख्न सक्नुहुन्छ ।
२. ल्वाङको जादू
यात्राको समयमा जब तपाईलाई जब वाकवाकी लागेको महसुस हुन्छ तब तपाईले तुरुन्तै आफ्नो मुखमा ल्वाङ राखेर चुस्नुहोस् । यस्तो गरेपछि तपाईलाई वाकवाकी लाग्न बन्द हुन्छ ।
३. अदुवा सेवन
अदुवामा एन्टिमेटिक गुण हुन्छ । एन्टिीमेटिक एक यस्तो पदार्थ हो जसले उल्टी र चक्कर आउनबाट बचाँउछ । यात्राको समयमा वाकवाकी लागेपछि तपाई अदुवाको गोली वा अदुवाको चिया पिउनुहोस । यसले तपाईलाई उल्टी हुँदैन् । यदि हुन सक्छ भने अदुवा आफ्नो साथैमा लिएर हिड्नुहोस् ।
४. धेरै नै लाभदायी पुदिना
पुदिनाले तपाईको पेटको मांसपेशीहरुलाई आराम दिन्छ र यसखालको चक्कर आउने र यात्राको समयमा स्वास्थ खराब हुने स्थिती पनि समाप्त गर्छ । पुदिनाको तेलले पनि उल्टी रोक्न धेरै नै मद्धत गर्छ । यसको लागी रुमालमा पुदिनाको तेललाई केहीबेर छर्कनुहोस र यात्राको बेतामा त्यसलाई सुँघ्नुहोस । सुख्खा पुदिनाको पत्तालाई तातो पानीमा मिसाएर यसमा १ चम्चा मह पनि मिसाउनुहोस । कतै यात्रामा निस्कनभन्दा पहिले यो मिश्रणलाई पिउनुहोस । यसले तपाईलाई धेरै नै आराम मिल्नेछ ।
५. कागतीको कमाल
कागती एक प्रभावकारी औषधी हो यसमा पाइने सिट्रिक एसिडले उल्टी र वाकवाकी लाग्ने समस्या रोक्छ । एक सानो कपमा तातो पानी लिनुहोस र त्यसमा एउटा कागतीको रस तथा थोरै नुन मिसाउनुहोस् । यसलाई राम्रोसँग मिसाएर पिउनुहोस् । अथवा तपाई कागतीको रमलाई तातो पानीमा मिसाएर तथा मह राखेर पनि पिउन सक्नुहुन्छ ।
लाइट नेपाल डटकम
The post गाडीमा यात्रा गर्दा वान्ता हुने समस्याले हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपायहरु appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2mDvY6v
via IFTTT
0 comments:
Post a Comment