Photo of Milford Sound in New Zealand

बिहेको ६ महिनामै आफ्नी श्रीमती र आफ्नै बहिनीबीच समलिंगी सम्बन्ध सुरु भएपछि पीडित बनेका एक युवकले महिला सहायता कक्षमा सहयोगको याचना गरेका छन् । युवकले आफू र आफ्नो परिवार ती दुईको सम्बन्धबाट निकै पीडित भएको भन्दै सहयोगको याचना गरेका हुन् ।

ती युवकले काउन्सिलरसँग भनेका छन् ‘म र मेरो परिवार उनीहरुको सम्बन्धबाट आजित भइसकेका छौं । मैले मेरी बहिनीलाई आमाबुवासँग जान पठाउँदा उनले आत्महत्या गर्ने धम्की दिन्छिन् ।’ भारतको अहमदाबाटको कुबेर नगरमा यस्तो घटना भएको हो । उजुरी गर्ने युवक राकेशको ६ महिनाअघि श्रवेता नामकी युवतीसँग बिहे भएको बताइएको छ ।

२३ वर्षीय श्वेतासँग बिहे गरेर ल्याएपछि राकेश श्रीमतीसँगै आफ्ना मातापिता सीमा, समीर र १४ वर्षकी बहिनी रेखासँगै बस्न थालेका थिए । यही बीचमा नन्दभाउजुको समलिंगी सम्बन्ध सुरु भएको हो । यी दुईको समलिंगी सम्बन्धको बारेमा छिमेकीले थाहा पाए । यसका अलावा सासु ससुराले पनि कैयौं पटक दुवैलाई रंगेहात समाते । घरमा यस्ता घटना भएपछि परिवारले राकेश र श्वेता छुट्टै बस्ने निर्णय गर्यो ।

छोराबुहारी छुट्टै बस्न थाले पनि रेखा आफ्नो भाउजुसँग छुट्टिएर बस्न चाहन्नथिन् । जब उनलाई भाउजुसँग छुट्टिएर बस्नको लागि सम्झाइयो उनले आत्महत्या गर्ने धम्की दिन थालिन् । आजित भएर राकेशले महिला हेल्पलाइनमा सहयोगको लागि आग्रह गरेका छन् । हेल्पलाइनकी काउन्सिलर लीना जेठवाले ती दुईलाई सम्झाउने आश्वासन दिएकी छिन् । dcnepal

The post नन्द–भाउजुबीच समलिंगी सम्बन्धले श्रीमान् पीडित, महिला सहायता कक्षमा उजुरी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AY6tSJ
via IFTTT
13 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top