Photo of Milford Sound in New Zealand

काठमाडौं, १८ पुस । मुलुकमा ठूला ठूला परिवर्तन भयो । राजनीतिक दलका नेताहरुको आर्थिक उन्नती र समृद्धिका नारा सुनिन थालिएको पनि धेरै वर्ष भयो । प्रशासनिक क्षेत्रका व्यक्ति पनि दिनरात नागरिककै सेवामा खटेको बताएर थाक्दैनन् । तर, नागरिकले सामान्य उपचार नपाएर ज्यान जोखिममा मोल्नुपर्ने अवस्थाको भने अन्त्य भएन । हो, यस्तै अवस्था भोगिन् सिन्धुपाल्चोकको इन्द्रवाती गाउँपालिका– ९ की ३१ वर्षीया सन्तमाया तामाङले । उनी तीनदेखि सुत्केरी बेथाले छट्पटाउँदा न राजनीतिक दलका नेताले केही गरे नत स्थानीयस्तरमा रहेका सरकारका कर्मचारीले नै ।

आर्थिक अवस्था नाजुक भएकी सन्तमाया भगवान भरोसामा सन्तान जन्माउने प्रयास गरिन् । तर, तीनदिन बित्न लाग्यो सन्तान जन्माउन त परै जाओस् सन्तमायाको ज्याननै जोखिममा पर्न थाल्यो । आफन्तहरु आत्तिन थाले, कहाँ कसलाईे भनौं, जसले सन्तमाया र जन्मने बच्चाको ज्यान जोगाइदिन सकोस् । यसैक्रममा काठमाडौंको चण्डोलमा ‘घर आँगन नेपाल’ नामक संस्था खोलेर सामाजिक क्षेत्रमा काम गरेका दीपक सिलवाललाई सम्झे । उनले यसअघि सिन्धुपाल्चोकका विभिन्न ठाउँका गरिब बिरामीको उपचार गरिदिएका थिए । सन्तमायाका आफन्तले पनि उनै सिलवाललाई फोन गरे । तर, आर्थिक अभावमा पिल्सेका सिलवालले केही गर्ने आँट गरे । यसअघि सोमबारै उनलाई फोन आएपनि केही गर्न नसक्ने जवाफ दिएका थिए । तर, फेरि मंगलबार फोन आएपछि पैसा नभएपनि केही गर्न सकिन्छ की भन्ने आँटका साथ सन्तमायाको उद्धार गर्ने सोच बनाए ।

शारीरिक अपांगता भएका व्यक्ति र अनाथ बालबालिकाको लागि काम गर्दागर्दै आफ्नो अंश समेत सिध्याएका सिलवाल आर्थिक अभाव झेलिरहेका छन् । आर्थिक अभावकै कारण संस्थाको भवन निर्माण कार्य समेत रोकिएको अवस्थामा उनलाई सन्तमायाको उद्धार गर्नुपर्ने दायित्व थपियो । तर, उनले हार मानेनन् । तुरुन्तै माउन्टेन एयर हेलिकप्टरका मालिक दीपक पुनलाई फोन गरे । दुई तीन दिनभित्र पैसा दिने गरि हेलिकप्टर उपलब्ध गराइदिन आग्रह गरे । सुत्केरी महिलाको अवस्था नाजुक बन्दै गएको कुराले दीपक पुनलाई सहयोगको भावना पलायो । तर, माउन्टेन एयरको हेलिकप्टर भने लुक्ला गएको थियो । आउन समय लाग्ने भएकाले दीपक पुनले सिम्रिक एयरको हेलिकप्टर ८० हजार रुपैयाँ दुई तीन दिनमा दिने गरी उपलब्ध गराए । त्यसपछि सन्तमायालाई काठमाडौं ल्याइयो ।

सन्तमायाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ । उनले छोरालाई जन्म दिएकी छन् । अहिले आमा र बच्चा दुवैको अवस्थामा सामान्य छ । लामो समय बेथा लागेका कारण बच्चालाई चिसो लागेकाले आइसियू कक्षमा राखेर उपचार भइरहेको छ ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालको पहलमा अस्पतालले सन्तमायाको उपचार ७५ प्रतिशत निःशुल्क गरिदिएको छ । बाँकी २५ प्रतिशत उपचार खर्च र हेलिकप्टर चार्टरको पैसा भने दीपक सिलवालले आफैं व्यहोर्ने बताए । मिडिया एनपी बाट

The post तीनदेखि सुत्केरी बेथा लागेको सन्तमायाको ज्यान जोगाए दीपकले, उधारोमा हेलिकप्टर चार्टर गरे काठमाडौं ल्याए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A6O3Pf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top