Photo of Milford Sound in New Zealand

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ ।पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए ।भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र तीमध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनाइ छ ।छापा हान्न प्रहरी पुग्दा होटलको मुख्यगेट बन्द थियो । प्रहरीले खोल्न आग्रह गरे पनि लामो समयसम्म खोलिएको थिएन । प्रहरीले धेरैबेरको अथक प्रयासपछि गेट खोलेको थियो ।नयाँ पत्रिकामा खबर छ ।

होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल समातेर आवश्यक जाचबुझ तथा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।डिएसपी पोखरेलले अनुसन्धानपछि पत्रकार सम्मेलन गरेर पक्राउ परेकाहरूबारेको तथ्य सार्वजनिक गर्ने बताए ।

The post नयाँ बर्षको पहिलो रात होटलमा छापा, ११ पुरुष सहित ६ महिला पक्राउ , appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A6PAVc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top