Photo of Milford Sound in New Zealand

पुस १८, दाङ । दाङको तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले छोरी जन्माएकी छन् ।

गत जेठ ५ गते ठगी मुद्दामा थुनामा परेकी रुपन्देही जिल्ला तिलोतमा ८ निवासी ३२ बर्षीया शारदा खौसिया थारुले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी हुन ।

तुलसीपुर कारागार कार्यालयका खरिदार रुद्रमणि शर्माले थारु जेठमा पक्राउ परि थुनामा पर्दा बखत नै गर्भवती अवस्थामा रहेको बताए । मंगलवार विहान दुईबजेतिर थारुलाई बेथाले च्यापेपछि अस्पताल पुर्याइएको र विहान दशबजेतिर थारुले विना सर्जरी छोरी जन्माएको शर्माले जानकारी दिए ।

थारुले पछिल्लो बच्चा तुलसीपुमै कार्यरत नेपाली सेनाका एकजना जमदारको भएको दाबी थुनामा रहँदा गर्दै आएको शर्माले बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले तुलसीपुरको स्याउली बजार निवासी जगदिश खत्रीको जाहेरीका आधारमा थारु गत जेठमा पक्राउ परेको जानकारी दिइन ।

खत्रीको घरमा कोठा भाडामा बस्ने थारुले केही दिनमै दिन्छु भनि सापटी लगेको ७ लाख ५० हजार रुँपैया नदिएपछि उक्त रकम बरावरको बिदोदाबी सहित थारुका विरुद्ध खत्रीले मुद्दा दिएका थिए ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ८ माइती भएकी थारुको विहे रुपेन्देहीमा भएको र उनका यो बाहेक थप ३ वटा सञ्तान रहेको पनि प्रहरीले बताएको छ ।

The post तुलसीपुर कारागारमा बन्दी जीवन बिताइरहेकी महिलाले बच्चा जन्माइन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lJ1wau
via IFTTT

0 comments:

Post a Comment

add

 
Top