Photo of Milford Sound in New Zealand

काठमाडौं, पुस १८ – नयाँ शक्तिका संयोजक डा, बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली- दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले(माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् ।

तर, एमाले(माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ ।

आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए । ‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’

The post डा बाबुराम भट्टराई र उपेन्द्र यादब बाम गठबन्धनमा प्रवेश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CvQcZM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top