सिमाली छायामा बसी, भरिया लामो सास फेरेको ।
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको ।
जनवादी गायक जीवन शर्माले ८० वर्षे वृद्धको वेदना समेट्दै ०४१ सालतिर तयार पारेको यो गीत अहिले धेरैको जनजीविकामा साँचो सावित बन्दै गएको छ। उमेरले नेटो काट्दासमेत कसैको बुढेसकालको सहारा नभएका हुन्छन् भने कसैको भएकाले पनि बेवास्ता गरेर बेसहारा बनाइन्छन्। हो, अहिलेको समाजमा उस्तै देख्छन् उनी, अर्थात् सिन्धुपाल्चोक जिल्लाको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका ७ पेप्टाका जरे लामा। चाउरी परेका गाला, सेतै फुलेको कपाल, मैलो दौरा सुरुवाल, स्टकोट लगाएर कम्मरमा पटुका कसेका छन् उनले।
उनी उमेरले ७० वर्ष पूरा भइसकेका छन्। स्पष्टसँग कान सुन्दैनन्। न त झट्ट सोधेका कुराको जवाफ नै फर्काउछन्। सामान्य रुपमा हेर्दा उनको उमेरले नेटो काटिसक्यो। काम गर्ने उमेरमा छैनन् उनी। तर, झन् ठूला दुःखले घेरेको छ अहिले उनलाई। छन त उनका दुई छोरा बुहारी नातानातिनी सबै छन् घरमा। खानको लागि बुढेसकालमा ढुंगा बोक्न बाध्य छन्।
बलेफी गाउँपालिका १ जलवीरे बजारबाट १ किलोमिटर दूरी हिँडेपछि लामालाई भेट्न सकिन्छ। उनी महिना दिनदेखि त्यहीँ ढुंगा बोक्ने काम गरिरहेका छन् आफ्नो पेट पाल्न। ‘खान परिहाल्यो घरमा छोरा बुहारीले वास्ता नगरेपछि के गर्नु मर्न सकिएन। मलीन अनुहार पार्दै फिस्स हास्दै भने, ‘छोरा बुहारी भएर मात्र के गर्नु खै? आफ्नो अवस्था यस्तो छ। सकी नसकी ढुंगा बोक्छु। आफ्नो सास आफैँले जोगाउनै पर्यो नि!’ ‘मंसिर महिनाको सुरुबाट यहाँ ढुंगा बोक्न आको एक महिना भइसक्यो। ढुंगा बोकेको दिनमा ५ सय रुपैयाँ आउँछ।’ लामाले भने, ‘७० वर्ष पुगिसकेँ छोराहरुले सहारा नदिएपछि के गर्नु? सकुन्जेल काम गर्छु नसकेपछि जे होलाहोला’ उनले थपे। ‘पेट पाल्नका लागि बडो कष्ट गर्नुपरेको छ। बिहान चिसोमा उठ्न कम्तीको सकस हुँदैन।’
उनी कहिले काहीँ त ढुंगा बोक्ने कामै छोडिदिऔँ जस्तो लाग्ने गरेको तर अन्य उपाय केही नहुँदा बाध्य हुन परेको सुनाउछन्। भन्छन्, ‘फेरि सोच्छु यही पनि नगरे कहाँ जानु के खानु बिहान बेलुका हातमुख जोड्नको लागि भए पनि संघर्ष गर्दै छु।’
The post छोरा बुहारीले वास्ता नगरेपछि पेट पाल्नकै लागि दिनभर ढुंगा बोक्दै ७० वर्षीय बृद्धा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2lGtHqJ
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.