Photo of Milford Sound in New Zealand

२५ पुस, काठमाडौं । प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीलाई वीर अस्पताल भर्ना गरिएको छ ।अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. केसीलाई मंगलबार बयान लिइएको थियो । त्यसक्रममा उनले छाती दुखेको बताएका थिए ।बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो । तर, सिंहदरबार बृत्त लैजाने क्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको छ । उनलाई ईनटी क्याबिनमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार डा. केसीलाई आज राति अस्पतालमा नै राखिनेछ । प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको छ ।सर्वोच्च अदालतमा आज केसीको बयान सकिएपछि केसीलाई अस्पताल लगिएको हो ।अदालतको मानहानी मुद्दामा डा. केसीलाई प्रहरीले हिजो पक्राउ गरी आज अदालतमा उपस्थित गराएको थियो । अदालतले डा. केसीसँग आज बयान लिएको हो ।अदालतले केसीको बयानको आधारमा भोलि बहस गर्ने भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए । लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो ।अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतका दुई न्यायाधीशको इजलासमा केसीले दिएको र अदालत आफैले प्रमाणित गरेको बयानमा भनिएको छ, ‘यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रस्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विक्रिति र बिसंगती आई तीन करोड नेपालको स्वास्थ्य र जीउधन प्रति खेलवाड भैरहेकोले त्यस्तो आदेश गर्ने न्यायाधीशबिरुद्ध लड्नु मेरो कर्तव्य हो। मेरो भनाई गलत निर्णय गर्ने न्यायाधीश विरुद्ध हो। न्यायलयबिरुद्ध होइन। गरिमामय पदमा रहेको प्रधानन्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायकफ अनुभुती दिन सक्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निश्पक्ष ढ‌ंगले सञ्चालन गर्नुपर्ने आदर्शवादी, अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकता सम्बन्धी विवाद, उमेर सम्बन्धी विवाद, शैक्षिक योग्यता सम्बन्धी विवाद, आयल निगम, भू–माफिया र नातावादलगायतका क्रियाकलापले न्यायपालिकाको आस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएका कारणले निजबाटै अदालतको अवहेलना भएकाले निज उपर अदालतको अवहेलनाको कारवाही हुनु पर्ने हो।

निज सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायीक छानविनको दायरामा ल्याई कारवाही गरी न्यायलयको गरिमाको बृद्धि हुन्छ।
उनले बयानका क्रममा अर्को एक प्रश्नको जवाफमा भनेका छन्, ‘मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो प्रयास हो। मैले दिएको अभिब्यक्ति अनर्गल होइन। ३ करोड नेपालीलाई प्रत्यक्ष असर पर्ने गरी संविधान प्रदत्त स्वस्थ रहेर जीउन पाउने नैसर्गिक अिधकार हनन् हुने फैसला भएकोले मैले सैबलाई सचेत गराउन खोजेको मात्र हुँ। मैले न्यायपालिकाको विरुद्ध बोलेको होइन। लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिब्यक्ति हो र सचेत नागरिकको दायित्व पनि हो।’

The post हिरासत भित्रै दिईयो यस्तो यातना , डा. केसी वीर अस्पतालमा भर्ना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CL3Llj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top