Photo of Milford Sound in New Zealand

काठमाडौं, ४ माघ । पछिल्लो समय दक्षिण भारतीय फिल्मका खबरले बलिउड हल्लाउन थालेका छन् । फिल्म ‘साहो’ ले बलिउड फिल्मलाई कडा टक्कर दिने अनुमान समेत हुँदै आएका छन् ।

‘बाहुबाली’चर्चामा आएका प्रभास अभिनित यो फिल्मको चर्चा चुलिदोँ छ । फिल्ममा प्रभासको अपोजिट रोलमा श्रद्धा कपूर देखिनेछिन् । तमिल र तेलुगुसँगै हिन्दी भाषामा समेत रिलिज हुने यस फिल्ममा कलाकारले लिएको परिश्रमिकले चर्चा पाइरहेको छ ।

‘बाहुबाली’मा २५ करोड लिएका प्रभासले यस फिल्मको लागि ३० करोड लिदैछन । जुन उनको करियरकै सबैभन्दा बढी पारिश्रमिक हो । उनलाई यो रकम दिन निर्माता तयार रहेको बताइएको छ ।

श्रद्धाले भने ९ करोड पारिश्रमीक पाउने बताइएको छ । उनले पनि १४ करोड मागेकी थिइन् । फिल्मलाई सुजीथले निर्देशन गर्दैछन । एजेन्सी

The post ‘साहो’बाट प्रभासले लिए अहिलेसम्मकै बढी पारिश्रमिक, श्रद्धाको कति ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mLdfWM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top