Photo of Milford Sound in New Zealand

जुम्ला, २४ पुस – चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँ जुम्लाका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ ।

कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहनुभएका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

शौचालय वरिपरि राखेको दाउराको खतान (चाङ) र सुकेको खरमा आज बिहान ५ः०० बजेतिर आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगो लागेपछि गाउँलेले प्रहरीलाई खबर गर्नेबित्तिकै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको स्थानीयवासी देवीप्रसाद सिम्खाडाले बताउनुभयो ।

आगलागीबाट शौचालयमा क्षति पुग्यो भन्ठानिएकामा नचिनिने अवस्थामा मान्छेको शव भेटिएको र को हो भनी यकिन गर्दा उपाध्याय नै रहेको सिम्खाडाले बताउनुभयो ।

यता प्रहरीले हातखुट्टा टाउको लगायतका भाग जलेको अवस्थाको शव भेटिएको र सोको मुचुल्का बनाई परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याइएको बताएको छ ।

आगलागी र शौचालयभित्र उपाध्यायको जलेर मृत्यु भएको घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
©Taja khabar

The post यि अभागी जसको गयो शौचालयमा जलेर ज्यान, यसरी घटेको थियो यो भयानक घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mhxRGy
via IFTTT
09 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top