Photo of Milford Sound in New Zealand

काठमाण्डु, २२ पुस– गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा सिल गरेको हो ।

सरकारले ग्यास उद्योगले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ । तर, ती उद्योगले गुणस्तर कायम नराखेको विभागले जनाएको छ । उद्योग सञ्चालकहरूलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

कुन ग्यास उद्योगमा के भेटियो ? सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिन फारम भरेको, तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए । ‘सगरमाथाबाहेक अरू ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिन फारमसमेत भरेका छैनन्,’ उनले भने, ‘अब ती ग्यास उद्योगहरूले भरेका सिलिन्डरबाहेक अन्य सिलिन्डर भर्न र उत्पादन एवं बिक्री–वितरण गर्न पाउँदैनन् ।’

सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले एक्कासि उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने भन्दै केही समय दिएर निश्चित मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउनुपर्ने बताए । ‘एक्कासि उद्योग बन्द गर्दा उद्योगी र उपभोक्ता मारमा पर्छन्,’ अग्रवालले भने ।

काभ्रेको बनेपा नगरपालिका–१० थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग अमृत अग्रवाल, सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गर्दै आएका छन् । काभ्रेमा सगरमाथा, सूर्य, चण्डेश्वरी, उग्रचण्डी र हिमाल गरी पाँचवटा ग्यास उद्योग सञ्चालनमा भए पनि कुनैले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन् ।

नयाँ पत्रिकाबाट

The post तपाईं कुन ग्यास प्रयोग गर्नुहुन्छ ?, यी ग्यास अब बजारमा पाइने छैनन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AzpF92
via IFTTT

0 comments:

Post a Comment

add

 
Top