Photo of Milford Sound in New Zealand

भक्तपुर – यतिबेला गर्मीको मौसम छ । भक्तपुरमा गर्मी छल्न एक जोडी साझँपख घरबाट बाहिर घुम्न निस्किए । तर अकस्मात संगै जिउने बाचा बन्धनलाई साथ दिने जिवनसंगीनीको अकल्पनीय मृत्यु हुन पुग्यो । श्रीमतीको मृत्युपछि श्रीमान गहिरो चोटमा छन् । उनका जिन्दगीका धेरै कुरा अधुरो हुन पुग्यो ।

दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर नगरपालिका– ३ गठ्ठाघर बस्दै आएका ४२ वर्षका रामकृष्ण बस्नेत आफ्नी श्रीमती (३८ वर्ष) उषा बस्नेतको अकल्पनीय मृत्युले पीडामा छन् ।

मंगलबार साझँ घरबाट बाहिर घुम्न निस्किएका रामकृष्ण र उषाले गर्मी मौसममा जुस पिए । केहीबेरपछि श्रीमतीले चटपटे खाने भनिन् । रामकृष्णले श्रीमतीको इच्छा टार्न सकेनन् ।

फेरी उनीहरुबीच सल्लाह भयो ‘आज घरमा खाना नपकाउने मःम लगेर खाने’ । त्यसको केही समयमा नै उषाले श्रिमानलनई छाती दुखेको सुनाइन् । रातोपाटीसंग कुरा गर्दै रामकृष्णले भने ‘उनले त्यसो भनेपछि हामी अस्पताल आयौं’गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालको आकस्मिक कक्षमा रामकृष्णले उषालाई लगे । उषा हिँडेरै आकस्मिक कक्षमा पुगेकी थिइन् । अस्पतालकी नर्सले उषालाई बेडमा बस्न अनुरोध गरीन् । उषाले आफ्नो स्वास्थ्य समस्या बताइन् । नर्सले मेडिकल अफिसर र स्टाफ नर्सले ईसीजी गरे ।

त्यसपछि ग्याष्ट्रिक भएको अनुमानमा ‘प्यान्टोपराजोल’ र ‘बुस्कोपान’ सुईद्वारा दिए । मुटुको समस्या होकी भन्दै नर्स र मेडिकल अफिसरले ‘कार्डियाक इन्जाइम’ परीक्षणका लागि उषाको रगत निकालेर पठाए । रामकृष्णले भने ‘उनलाई बान्ता आउला जस्तो भयो ।’ पिसाब पनि जाँच गर्नु पर्ने भएपछि उनी बेडबाट उठ्न लाग्दा अचानक बेहोस भइन् ।

त्यसपछि मेडिकल अफिसरको मात्रै डियुटी भएकाले एनेस्थसिस्ट डा. रामभक्त कोजुलाई फोन गरेर समस्या बताइयो । उनको श्वासप्रश्वास सहज र थप उपचारको लागि आईसीयुमा लगेर भेन्टीलेटरमा राखियो । अस्पतालका कन्सलट्यान्ट चिकित्सक सहिद गंगाल हृदय रोग केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा. रोशन रावत, फिजिशियन डा. प्रदिप वैद्य आए ।

तर, उनीहरुले उपचार सुरु गरेको एक घण्टा नवित्दै उषाको धड्कन चल्न छाडिसकेको थियो । चिकित्सकहरुले अचानक हुने हृदयघातबाट उनको मृत्यु भएको बताए ।

रातको समयमा भएको यस घटनापछि रामकृष्णका परिवार, उषाको माइती लगायत सबैतिर सन्नटा छायो । हिँडेर अस्पताल पुगेको मानिसको एक्कासी मृत्यु भएपछि आफन्तहरु बुधबार बिहानैदेखि नागरिक सामुदायिक अस्पतालमा धर्ना दिए । केही आक्रोशित युवाहरुले अस्पतालको इमरजेन्सी कक्ष, नर्स स्टेशन, टिकट काउण्टरमा तोड्फोड पनि गरे । महानगरीय प्रहरी वृत्त थिमीले तोडफोडमा संग्लन भएको भन्दै कृष्ण भुजेल र सिताराम कार्कीलाई पक्राउ गरेको छ ।

अस्पताल प्रशासन र मृ​_​_तकको परिवारको सहमतिपछि बुधबार अबेर उषाको शव अन्तिम संस्कारको लागि लगियो । नेपालमा केही वर्ष यता यस्ता घटना बढीरहेका छन् । ओम अस्पताल, न्युरो अस्पताल, भरतपुर अस्पतालहरुमा पनि यस्ता घटना सुन्नमा आएका छन् । नागरिक अस्पतालमा समेत यस्तो प्रकृतिको घटना दोहोरिएको छ । गतवर्ष एकजना महिलाको उपचारको क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले अस्पतालमा धर्ना दिएका थिए ।

यस्तै समस्या दोहोरीरहने हो भने बिरामीको उपचार गर्न डाक्टर र अस्पताल पछाडी हट्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । अर्को तर्फ चिकित्सकको लापरबाही हो भने बिरामीले अस्पताल जानै डराउनु पर्ने समय आउन सक्छ ।त्यसको लागि सरकारले घटनाको सत्य तथ्य छानविन गरि दोषिमाथि कारबाही गर्नु पर्दछ । हैन भने अस्पताल वा बिरामी जहाँ र जतिबेला पनि गलत हर्कतको सिकार बन्नुपर्ने हुनसक्छ ।

The post विचरी उषाले चटपटे खानु नै कालो दिन बन्यो त्यो! सबैलाई छोडेर गईन सदासदाको लागि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2m6CiUy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top