Photo of Milford Sound in New Zealand

लहान –विगत केही दिनदेखि बढ्ेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका सिरहाको विभिन्न स्थानका दलित बस्तीमा धुर्मुस–सुन्तली फाउन्डेशनले आज कम्बल वितरण गरेको छ ।

फाउन्डेशनले गोलबजार नगरपालिका–१० धोवियाधार र धनगढीमाई नगरपालिका–१३ भर्लेनीमा रहेको मुसहर बस्तीमा कम्बल वितरण गरेको हो ।

गोलबजार नगरपालिका–१० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १०० मुसहर तथा असहाय परिवार गरी कूल १६० परिवारलाई प्रतिपरिवार एक थानका दरले कम्बल वितरण गरिएको धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जानकारी दिनुभयो।

धुर्मुस–सुन्तली फाउन्डेशनले सञ्चालन गरेको ‘न्यानो कपडा वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ ‘नेपालीका लागि नेपाली’ (एनआरएन आरसिसी चाइना) ले कम्बल उपलब्ध गराइएको जानकारी दिनुभयो ।

चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको भन्दै मुसहर समुदाय व्यक्तिले धुर्मुसप्रति आभार प्रकट गर्नुभयो ।

कम्बल वितरण कार्यक्रममा गोलबजार नगारपालिका–१० का वडाध्यक्ष देवनारायण महतो तथा धनगढीमाई नगरपालिका–१३ का वडाध्यक्ष सूर्यमान लामाको पनि सहभागिता थियो । हालसम्म सिरहामा शीतलहरका कारण सात जनाको मृत्यु भइसकेको छ ।

यस्तै सिरहाको मिर्चैया नगरपालिकाले वडा नं १ र २ मा रहेको दलित, गरिब र विपन्न परिवारलाई जाडो छल्नका लागि कम्बल वितरण गरेको छ । नगरपालिकाले वडा नं १ मा ५० र वडा नं २ मा ५० परिवार गरी जम्मा १०० दलित, गरिब र विपन्न घरपरिवारलाई कम्बल बितरण गरेको नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले जानकारी दिनुभयो source: search samachar

The post गरिबका आँशु पुछ्दै धुर्मुसले गरे अर्को ठूलो सम्माजनक काम – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rbnpWh
via IFTTT
16 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top