काठमाडौँ-मिस्टर झोले फिल्मले प्रदर्शनको ६ दिनमा दुई करोड ४८ लाख रुपैयाँको व्यापार गरेको निर्माताले दाबी गरेका छन् ।आफूहरूको फिल्म हिट भएको भन्दै मिस्टर झोलेका निर्माता टेकेन खड्का तथा निर्देशक रामबाबु गुरुङले बिहीबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरे । कार्यक्रममा निर्माता टेकेनले मिस्टर झोले साढे एक करोड लगानीमा बनेको र फिल्मले हलबाट लगानी उठाएर नाफाउन्मुख भएको जानकारी दिए । उनले विदेश प्रदर्शन अधिकार बिक्रीबाट फिल्म पुरापुर नाफामा जाने जिकिर गरे ।नयाँ पत्रिकाले छापेको छ
निर्देशक रामबाबुले आफूले कबड्डीझैँ दर्शकलाई मन पर्ने फिल्म बनाएकाले सफल भएको बताए । ‘हामीले दर्शकको मन जित्ने फिल्म बनायौँ,’ उनले भने, ‘त्यसैले हामी सफल भएका छौँ ।’ अभिनेता दयाहाङ राईले पनि दर्शकको साथले आफूहरू सफल भएको बताए । ‘बीचमा मेरा केही फिल्मको व्यापार खस्किएको थियो । तर, मिस्टर झोलेले उठाइदियो,’ उनले भने, ‘आगामी दिनमा अझ राम्रा फिल्म दिने कोसिसमा छु ।’ पुस २८ गतेदेखि प्रदर्शनरत मिस्टर झोले हाल दोस्रो सातामा चलिरहेको छ । फिल्ममा दयाहाङका साथमा दिया पुन, बुद्धि तामाङ, वर्षा राउत, प्रतीक पाण्डेलगायतले अभिनय गरेका छन् ।
The post मिस्टर झोलेले कमायो ६ दिनमा दुई करोड ४८ लाख ! appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2DsOh9D
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.