Photo of Milford Sound in New Zealand

डोल्पा: डोल्पाको मुड्केचुला गाउँपालिकाकी उपप्रमुख सबिता रोकायालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । गर्भवती रहेकी मुड्केचुला गाउँपालिकाकी उपप्रमुख रोकायालाई उच्च रक्तश्राव भएपछि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएको हो ।

माघ २७ गते सुत्केरी हुने मिति डक्टरले दिए पनि केही साता अगावै अत्यधिक रगत बगेपछि ५ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि पोखरा लगिएको आफन्त योगेन्द्र बूढाले जानकारी दिए ।

उच्चरक्तश्रावले गर्भवती आमा र गर्भको बच्चाको ज्यान जोखिम हुने खतरा बढेपछि तत्तकाल उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो । त्यहाँ अस्पतालले आमाको त ज्यान बचायो, शिशुलाई भने जोगाउन नसकिएको बूढाले बताए ।

भरपर्दो स्वास्थ्य संस्थाको अभावमा उपचारको विकल्प नहुदा डोल्पका महिलाले हरेक वर्ष सुरक्षित प्रसुति अभावमा ज्यान गुमाउनु परेको छ । शिशुको ज्यान गए पनि उपप्रमुख सबिता रोकायाको स्वास्थ्य अवस्था राम्रो रहेको पनि परिवार स्रोतले जनाएको छ । annapurnapost

The post गर्भवती उपप्रमुखलाई बचाउन ५ लाखमा हेलिकोप्टर चार्टर, शिशुको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DsHlts
via IFTTT

0 comments:

Post a Comment

add

 
Top