Photo of Milford Sound in New Zealand

अमेरिकामा स्तन क्यान्सरसँग लडिरहेकी एक महिलाले आफ्नो मृत्यअघि अक्सिजन मास्कमै विवाह गरेर अन्तिम इच्छा पूरा गरेकी छन् । ३१ वर्षीया हेदर मोसेरले अस्पतालमा सुतेकै अवस्थामा विवाहको पहिरन लगाएर अक्सिजन मास्कसहित विवाह सम्पन्न गरेकी हुन् ।

यसरी अक्सिजन मास्क लगाएकी क्यान्सरकी बिरामीेलाई अस्पतालमा सुतिरहेकै अवस्थामा दुलहीका रुपमा देख्दा आश्चर्य मान्दै मानिसहरुले उनको तस्बिर सामाजिक संजालमा शेयर गरेका थिए । शेयर गरे लगत्तै तस्बिर भाइरल भएपछि लाखौँ मानिसहरुले उनलाई समर्थन र सहनुभूति प्रकट गरेका छन् । मनोवैज्ञानिकका रुपमा काम गरिरहेकी हेदरको विवाह भएको १८ घन्टामा नै मृत्यु भएको दुःखद् खबर सुनाइएको अन्तराष्ट्रिय संचार माध्यमले बताएका हुन् ।

२०१५ देखिका उनका प्रेमी डेभिडले उनलाई विवाहका लागि प्रस्ताव राख्ने भनेको दिनमै उनी क्यान्सरका कारण अस्पताल भर्ना हुनुपरेपछि उनीहरुको योजना अधुरै रहन पुगेको थियो । एक वर्षसम्म क्यान्सर विरुद्ध उपचार गराइरहेपछि पनि चिकित्सकहरुले उनको हालतमा सुधार नआएको र अझ गम्भीर भएको बताएकाले उनलाई लामो समयदेखि आइसियूमा राखिएको थियो । यस्तोमा उनीहरुले विवाहको योजनाबारे चिकित्सक र अस्पतालसँग सल्लाह गर्दा तिनीहरुले चाँडै नै आयोजना गर्न सुझाव दिए किनकी हेदरको स्वास्थ्य झन् झन् नाजुक बन्दै गइरहेको थियो । त्यसपछि अन्तिम इच्छा पुरा गर्न हेदर र डेभिडले आइसियु भित्रै सम्पूर्ण साथीभाइ र आफन्तहरु बोलाएर परम्परा अनुरुप नै विवाह सम्पन्न गराएका हुन् ।

जीवनको अन्तिम क्षणमा आफ्नो जीवनसाथीसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा हेदरले अत्यन्तै खुसी व्यक्त गरेकी थिइन् भने डेभिड उनको खुसीमा खुसी भएरपनि दुःखी भएको बताइरहेका थिए । एकतर्फ हेदरको अन्तिम इच्छा पूरा गरेर हर्षित भएका डेभिड त्यसको १८ घन्टामै उनको मृत्यु भएपछि अब जीवनमा एक्लो हुने भएका थिए । यिनीहरुको यो मार्मिक प्रेमले सामाजिक संजालमा भने निकै चर्चा पाइरहेको छ । (बाह्रखरीबाट)

The post क्यान्सरकी बिरामीले अन्तिम इच्छा पूरा गर्न अक्सिजन मास्कमै विवाह ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ETqjBw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top