Photo of Milford Sound in New Zealand

आफूभन्दा ३८ वर्ष जेठी महिलासंग बिहे गरेका युवकले पाए पीआर मेलबर्न । आफूभन्दा ३८ वर्ष जेठी महिलासंग विवाह गरेका एक भारतीय युवकले पीआर पाएका छन् । गत अक्टोबर महिनामा भारतका २४ वर्षीय बल्विंदर सिंहले न्युजिल्याण्डको पीआर पाएका हुन् ।

बल्विंदर सिंह विद्यार्थीको रुपमा न्युजिल्याण्ड आएका थिए भने हाल ६१ वर्ष भएकी ग्ल्यन केस्सेलले हेयर सलुनमा काम गर्थिन् । सन् २०१२ मा भेट भएका उनीहरुले सम्बन्ध प्रगाढ बन्दै गएपछि २०१३ मा विवाह गरेका थिए । अघिल्लो श्रीमानबाट ग्ल्यनका ३९ वर्षका छोरा छन् ।

विवाहको छ महिना पछि पार्टनरशिप अन्तर्गतको वर्क भिसाको लागि अप्लाई गरेका बल्विंदरलाई अध्यागमनले भिसा दिन अस्विकार गर्यो । अध्यागमनले बल्विंदरले भिसाको लागि ३८ वर्ष जेठी महिलासंग विवाह गरेको आशंकामा भिसा दिन अस्विकार गरेको हो ।

The post आफूभन्दा ३८ वर्ष जेठी महिलासंग बिहे गरेका युवकले पाए पीआर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lw8aBP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top