Photo of Milford Sound in New Zealand

एजेन्सी। अमेरिकाको इदाहोमा एक घरको ग्यारेजमा मध्यरातमा आवाज आयो । ९ जनवरीको राती यो घरमा पतिपत्नी सुतिरहेका बेला आवाज आयो । उनीहरुलाई लाग्यो ग्यारेजमा कोही भित्र छिर्ने प्रयास गर्दैछ । तर, अचानक यो आवाज शान्त भयो ।

यो दम्पती एकछिन त सुते तर त्यो केको आवाज थियो भन्ने कुराले उनीहरुलाई सताइरह्यो । बिहानपख उनीस्हरु उठेर त्यो आवाजको रहस्य जान्न गए । त्यहाँ गएर हेर्दा उनीहरुको हसहवास उड्यो । उनीहरुको ग्यारेजको बीचको जमिर पूरै भासिएको थियो । ब्रिटनी बुश र उनका पति त्यहाँ पुग्दा जमिन भासिएको ठाउँमा विचित्रका चीजहरु थिए ।

नजिक गएर हेर्दा उनीहरुले देखे ग्यारेजमुनि एउटा बेसमेन्ट थियो । त्यहाँ बच्चाका विचित्रका खेलौना, महिलाका पर्स र केही विचित्रका पत्रहरु थिए । यीमध्ये एउटा पत्र एक फिटनेस कम्पनीका लागि लेखिएको थियो जो १९८५ मा सुरु भएको थियो । ग्यारेज भासिएपछि उनीहरुले आफ्नो बीमा कम्पनी र इन्जिनियरसँग सम्पर्क गरे । इन्जिनियर र बिमा कम्पनीले आएर जाँच गर्दा थाहा भयो त्यो बेसमेन्ट १९५० मा बनेको थियो ।

त्यो बेसमेन्ट एउटा कोठामात्र नभइ जमिनमुनि पूरै घर थियो । यो घर पूरै जमिनमुनि बनाइएको थियो र माथि सामान्य जमिन नै थियो । तर पछि माथि घर बनाउनेहरुलाई यसबारे थाहा भएन र बेसमेन्टमा बनेको घरमाथि अर्को घर बनाइयो । इन्जिनियरका अनुसार पूरै घरमा ग्यारेजको त्यही भागमात्र सबैभन्दा कमजोर थियो । यसको जमिन मात्रै २ इन्च बाक्लो थियो । रोचक त के भने सहरको योजना बनाउँदा त्यहाँ जमिनमुनी कुनै घर भएको जानकारी थिएन र सरकारी रेकर्डमा पनि यस्तो घरबारे कुनै जानकारी छैन ।

The post मध्यरातमा ग्यारेजबाट आवाज आएर अचानक भयो शान्त, बिहान गएर हेर्दा उड्यो होस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mIGUQo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top