Photo of Milford Sound in New Zealand

अष्ट्रेलियाको सिड्नीमा प्रेमिका संगै मृत अवस्थामा भेटिए एक नेपाली युवा सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गत शुक्रबार उनी आफ्नी प्रेमिका संगै आफ्नै डेरामा मृत अवस्थामा भेटिएका हुन् ।

डेली मेलका अनुसार ३३ वर्षीय ब्राजिल गुरुङ २२ वर्षिया बेलायति प्रेमिका अमेलिया ब्लेकसंग सिड्नीको न्युटाउन स्थित डेरामा बस्दै आएका थिए । उनीहरु तीन महिना अगाडी देखि त्यहाँ बस्दै आएको र उनीहरुको सम्बन्ध सुमधुर रहेको छिमेकीहरुले बताएका छन् । तर, घटनाको प्रकृति हेर्दा भने युवाले प्रेमिकाको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरिएको डेल मेलले लेखेको छ ।

यता नेपाली प्रतिनिधिहरुले पुलिस रिपोर्ट नआएसम्म घटनाको सत्य तथ्य थाहा नहुने बताएका छन् । छिमेकीहरुसंग गरिएको अनुसन्धानमा उनीहरुले घटना घटना हुने साँझ उनीहरुको डेराबाट ठूलो आवाज आएको बताएका छन् ।

तस्बिर : डेली मेल, समाचार: हिमालयन कंगारू

The post अष्ट्रेलियाको सिड्नीमा प्रेमिका संगै मृत अवस्थामा भेटिए एक नेपाली युवा appeared first on Taja nepali news.

http://ift.tt/2DNczZa

from SHYANE http://ift.tt/2DJo4AJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top