Photo of Milford Sound in New Zealand

मास्टरबेशन अर्थात् हस्तमैथुन प्रति विभिन्न किसिमको धारणा जोडिएको छ । तरपनि अधिकांश स्वास्थ्य विशेषज्ञले यसलाई एक सामान्य मानवीय व्यवहार मानेका छन् तर हरेक चीजको एक सिमा हुन्छ । यस सिमा भन्दा अगाडी बढ्दा त्यसको दुष्प्रभाव नजिक आउन थाल्छ । हस्तमैथुन पनि तबसम्म ठिक हुन्छ जबसम्म तपाईको लागि यो एक लत बन्दैन । किनकी यसो हुँदा यसले तपाईको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित गर्न शुरु गर्छ । आज हामी केही यस्ता लक्षणहरूको बारेमा चर्चा गर्दैछौँ, जसले यो दर्शाउँछ कि तपाई मास्टरबेशन एडिक्ट भैसक्नुभएको छ र अब तपाईले यसलाई नियन्त्रण गर्नुपर्दछ ।

१-तपाई आफैँलाई नोक्सान पुर्याउन थाल्नु भएको छ

केही मानिसहरूलाई यस्तो किसिमको लत पर्छ कि उनीहरू आफ्नो अंगलाई नोक्सान पुर्याउन शुरु गर्दछन् । यस्तो अवस्थामा स्किन रेशेजको साथ-साथै पायरोनी बिरामी हुने सम्भावना पनि हुन्छ, जो एक गम्भीर समस्या हो ।

२-तपाईको आवश्यक काम प्रभावित हुँदैन छ

यदि तपाई यसको कारणले आफ्नो क्लास छोड्नुहुन्छ या आफ्नो आवश्यक कामलाई पछाडी सार्नु हुन्छ भने यो संकेतले तपाई मास्टरबेशन एडिक्ट भैसकेको जनाउँछ । यस्तो अवस्थामा तपाईले यसमा नियन्त्रण गर्न अति आवश्यक हुन्छ । मास्टरबेशन तबसम्म ठिक हो जबसम्म यसले तपाईको पढाई लागायत अन्य काम प्रभावित गर्दैन ।

३-यस विषयमा बढी सोच्नु

यदि तपाई यस्तो अवस्थामा आउनु भएको छ, जबकि तपाई दिनभरी मास्टरबेशनको बारेमा सोचिरहनु भएको छ भने यो विषय गम्भीर हो । मास्टरबेशनलाई यस गम्भीर स्तर सम्म पुर्याउनु हुँदैन ।

४-नियन्त्रण गर्न विफल हुनु भएको छ

कुनै पनि चीजको एडिक्शन वा लत तब भनिन्छ जब तपाईलाई यो जानकारी जानकारी हुन्छ कि यो स्वास्थ्यको लागि खराब हो तरपनि यसबाट टाढा रहन सक्नु हुन्न । यदि चाहेर पनि तपाई मास्टरबेशनको लतबाट छुटकारा पाउन सकिरहनु भएको छैन भने तपाई थोरै सावधान हुनुहोस् र कुनै एक्सपर्टको सल्लाह लिनुहोस् ।

The post शरीर र दिमागमा यी लक्षण देखिन थालेमा तुरुन्त हस्तमैथुन गर्न छोड्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FmQi4z
via IFTTT

0 comments:

Post a Comment

add

 
Top