Photo of Milford Sound in New Zealand

काठमाडौँ – अहिलेका युवा पुस्त माझ सर्बाधिक रुचाईएका कलाकारहरु मध्ये एक हुन् अनमोल केसी । चलचित्र होस्टलबाट नायकको रुपमा डेब्यु गरेका अनमोलले जेरी, ड्रिम्स, गाजलु लगाएतका फिल्महरुमा अभिनय गरि दर्सकहरुको मन जित्न सफल भैसकेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुमा नेपालका सुपरस्टार भनी समाचारमा आईसकेका र कम समयमा नै सोचेको भन्दा बढि सफलता हासिल गरेका अनमोललाई नेपालका महँगा कलाकारका रुपमा पनि चिनिन्छ ।

४ वटा चलचित्र सुपरहिट भएपछि सुपरस्टार बनेका नायक केसीको पछिल्लो चलचित्र हो ‘कृ’ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘कृ’मा अनमोलले नवनायिका अदिती बुढाथोकीसँग राोमान्स गर्दै छन् ।

‘कृ’ बाटै डेब्यू गर्न लागेकी नायिका अदिती बुढाथोकी पनि अहिलेका चर्चित नायिकाहरु मध्ये एक हुन् । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले केही भारतीय म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छन् ।

सुवास इन्टरटेन्टमेन्ट र सुपर काजल इन्टरटेन्टमेन्टको संयुक्त लगानीमा बनेको ‘कृ’ चलचित्रमा अनमोल केसी, अदिती बुढाथोकी, अनूप बिक्रम शाही, कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी आदि कलाकारको मुख्य भूमिका रहेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आगामी माघ २६ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । हेर्नुहोस् चलचित्र ‘कृ’का नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीसँग पछिल्लो समय गरिएको कुराकानी:

The post अन्तरवार्तामा अनमोलले किस गर्दा रिसाईन अदिती ! ( भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BiIVba
via IFTTT

0 comments:

Post a Comment

add

 
Top