Photo of Milford Sound in New Zealand

राती ११ बजे भाउजुको कोठामा फोन लिन जाँदा…
पुरा हेर्नुहोला
एक युवकको मोवाइल फोन भाउजुको कोठामा छुटेपछि उनी राती ११ बजे भाउजुको कोठामा मोवाइल फोन लिन भनेर गए । त्यहाँ ती युवकले अर्को मोवाइल फोनमा अश्लील भिडियो देखाएर भाउजुसँग अनैतिक कार्य गर्ने प्रयास गरेको आरोप लगाउँदै भाउजुले प्रहरीमा उजुरी दिएकी छिन् । ती महिलाले आफ्नो छोराको यस्तो क्रियाकलापमा साथ दिएको भन्दै सासुविरुद्ध पनि उजुरी दिएकी छिन् ।

महिलाका अनुसार उनका देवरले लामो समयदेखि उनीमाथि खराब दृष्टि राख्ने गर्थे ।महिलाका अनुसार देवरको नियत पहिलेदेखि नै ठिक थिएन । उनले बेलाबेलामा जिस्क्याउने गर्थे । महिलाले त्यसलाई देवरको केटाकेटीपना सम्झेर बेवास्ता गर्थिन् । केही दिनअघि ती महिलाका पति केही कामको लागि शहरबाहिर गएका थिए ।

त्यो दिन घरमा ती महिलासँग सासु र देवर मात्र थिए । राती ११ बजे देवरले भाउजुको कोठाको ढोका ढक्ढक्याए । महिलाले सोध्दा उनले आफ्नो मोवाइल फोन कोठामा छुटेको बताए । भाउजुले ढोका खोलेपछि उनी भाउजुको कोठामा पसे र अर्को मोवाइलमा अश्लील भिडियो देखाउन थाले ।

भाउजुले उनलाई बाहिर जान पठाइन् । तर, उनले भाउजुलाई समातेर अश्लील क्रियाकलाप गर्न थाले । उनले आफूले भाउजुलाई माया गर्ने बताउँदै त्यहाँ भएको कुनै कुरा बाहिर कसैलाई थाहा नहुने बताए । भाउजुले आत्तिएर चिच्याइन् । त्यसपछि देवरले आफूलाई यो कुरा अरुलाई बताए मारिदिने धम्की दिएको महिलाले बताएकी छिन् । महिलाका अनुसार भोलिपल्ट बिहान पनि देवरले यस्तै क्रियाकलाप गर्न थाले । सासुले के गरेको ? भनेर सोधेपछि महिलाले सबै कुरा सासुलाई बताइन् । तर सासुले उल्टै मर्दले जे पनि गर्न सक्छ भनेको ती महिलाले बताएकी छिन् ।

भारतको इन्दौर शहरको लसुडिया थाना क्षेत्रकी ती महिलाले सासु र देवर मिलेर आफूलाई फसाउन षड्यन्त्र गरेको समेत आरोप लगाएकी छिन् । उनका अनुसार देवर राती मोवाइल लिने बहानामा आउँदा उनका श्रीमान् अहमदाबाद गएका थिए । देवरको कुराको बिरोध गर्दा उनीहरुले आफ्ना पतिलाई आफू नै राती ४ बजे देवरको कोठामा गएको झुटो आरोपसहित म्यासेज गरेको महिलाले आरोप लगाएकी छिन् ।

महिलाले आफूविरुद्ध आफ्ना पतिलाई सासु र देवरले भड्काएको बताएकी छिन् । उनले आफू पतिसँगै बस्न चाहेको र आफू गलत भए प्रमाणित गर्न पतिलाई चुनौती दिँदै सासु र देवरविरुद्ध मुद्दा दिएकी छिन् । प्रहरीले मुद्दा दर्ता गरेर जाँच अगाडि बढाइएको जनाएको छ ।–

The post राती ११ बजे भाउजुको कोठामा फोन लिन जाँदा… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ay0V17
via IFTTT

0 comments:

Post a Comment

add

 
Top