Photo of Milford Sound in New Zealand

भारतका चर्चित कमेडीयन र बलिउड फिल्मका कलाकारसमेत रहेका सुनिल ग्रोबर यतिबेला नेपालमा रहेका छन् । आज शुक्रबार राजधानीमा हुने एक कर्पोरेट शोमा सहभागी हुनका लागि उनी बिहीवार नेपाल आएका हुन् । नेपाल बसाईको क्रममा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

एक बाबासंग तस्बिर खिचाउँदै सुनिलले आफनो इन्स्टाग्राममा सेयर गरेका छन् । उनको निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ । सुनिलले शुक्रवार काठमाडौंको एक पाँचतारे होटलमा आफ्नो कमेडी प्रर्हशन गर्देछन् ।

जुन कार्यक्रममा सुनिलसंगै गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुती दिने भएका छन् । नेपालमासमेत निकै रुचाएका सुनिलले पर्दामा धेरै क्यारेक्टर प्ले गरेका छन्।

जसमा नेपालीहरुले एकदमै रुचाएको भने गुथ्थी र डाक्टर मसहुर गुलाटी हो । पछिल्लो समय उनी कपिल शर्मासंगको झगडाको कारण चर्चामा आएका थिए । त्यसपछि केही शोहरुमा काम गरेका सुनिल यतिबेला विभिन्न स्टेज शोहरुमा व्यस्त रहेका छन् ।

The post चर्चित कमेडीयन सुनिल ग्रोबर नेपालमा , पशुपतिनाथको गरे दर्शन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CGoGcd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top