Photo of Milford Sound in New Zealand

काठमाडौं, ८ माघ। श्रीमान र श्रीमती दुवै जना राज्यको लाभको पदमा पटक पटक पुगेको, अवसर नपाएकालाई लाभको पदमा अवसर दिनुपर्ने भन्दै पार्टीभित्र र बाहिर चौतर्फी आलोचना भएपछि पूर्व सभामुख ओनसरी घर्तीले आफू समानुपातिक सांसद बन्न अनिच्छा प्रकट गरेको उनी निकट स्रोतले बताएको छ ।

‘जीवनमै नसोचेको सभामुख र मन्त्री पद पुगिहालियो, फेरि सभामुख जस्तो महत्वपूूर्ण पदमा दोहोरिने सम्भावना पनि छैन, एउटै परिवार र घरभित्र महत्वपूर्ण पदमा गएको भनेर आलोचना हुनुभन्दा त्याग देखाउँदा नै राम्रो भन्दै’ उनले आफ्नो निकटसँग छलफल चलाएको सो स्रोतको दावी छ ।

एकपटक मन्त्री भइसकेका र श्रीमान वा श्रीमती सांसद भएका छन् भनेक बन्दसूचीमा माथि नै भए पनि आफू नबस्ने भनेर निर्वाचन आयोगमा पत्र लेख्नु उपयुक्त हुने उनको भनाइ रहेको स्रोतको भनाइ रहेको छ ।

राजनीतिमा त्याग र समपर्णको खडेरी परेको यो बेलामा पूर्व सभामुखको यो सोंच आएको हो भने यसले माओवादी केन्द्रमा त नमुना प्रस्तुत हुनेछ नै, यसले नेपाली कांग्रेस र एमालेका जोडीलाई पनि त्यतातिर जान बाध्य पार्नसक्छ । जोगीले जस्तै त्याग र समर्पणको नेतृत्व पूर्व सभामुख ओनसारीले गर्लिन् ? साँघु साप्ताहिकमा खबर छ।

The post ओनसरी जोगी बन्ने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ryx5dg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top