Photo of Milford Sound in New Zealand

एजेन्सी । उत्तर कोरियाले आफूविरुद्ध लगाइएको प्रतिबन्धको परिणाम भोग्न तयार रहन अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाको सत्तारुढ राजनीतिक दलको मुखपत्र ‘रोडोंग सिनमन’ मा प्रकाशित सम्पादकीयमा अमेरिकालाई नयाँ प्रतिबन्धको परिणाम भोग्न तयार रहन चेतावनी दिइएको हो ।

सम्पादकीयमा अमेरिकाले उत्तर कोरियालाई परमाणु बम र प्रतिबन्धले डर देखाउने कोशिस गरिरहे अमेरिका कल्पना पनि गर्न नसकिने आगोको कुवामा परिणत हुने चेतावनी दिइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले फिलिपिन्सको मनिलामा उत्तर कोरियाली समकक्षी री योङ्ग होसँग छलफल गरेको समाचार प्रकाशमा आइरहँदा उत्तर कोरियाली सत्तारुढ दलको मुखपत्रले यस्तो प्रतिक्रिया जनाएको हो ।

चिनियाँ र उत्तर कोरियाली विदेशमन्त्रीबीच भएको छलफलमा उत्तर कोरियाका तर्फबाट कस्तो प्रतिक्रिया जनाइयो भन्ने प्रष्ट भइसकेको छैन । अन्तरराष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई पछिल्लो समय निरन्तरता दिदैं आएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vxhuf1
via IFTTT
07 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top