Photo of Milford Sound in New Zealand

२० साउन, काठमाडौं ।

मनसुनी न्यूनचापीय रेखा नेपाल तर्फ सरेकाले आज पश्चिमी क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । नारायणी, राप्ती, बबई, कर्णाली र महाकाली नदिमा पानीको बहाव बढ्न थालेको छ ।

अहिले पनि पश्चिमी तराईका केही ठाउँमा पानी परिरहेको छ । दिउँसोदेखि पहाडी क्षेत्रमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ ।

मौसमविद् बरुण पौडेलले पश्चिमका नदीनालामा आज र भोली बाढी तथा डुबानको जोखिम हुनेभएकाले नागरिकलाई सचेत रहन सुझाव दिएका छन् ।

बाढी तथा डुबानका कारण नवलपरासीमा झण्डै १ सय परिवार बिस्थापित भएका छन । कर्णाली नदीको बहावका कारण आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको स्थानीय प्रशासनले जनाएको छ ।

नवलपरासीको प्रतापपुर गाउपालिका–४ मा रहेको खजुरे खोलामा डुवेर एक जना वेपत्ता भएका छन । खोलाले बगाएको दाउरा निकाल्न खोज्दा २५ वर्षका ईब्राहिम मियालाई खोलाले वगाएर वेपत्ता बनाएको ईलाका प्रहरी कार्यालय वेलटारीले जनाएको छ । nepaliheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u9Iu4n
via IFTTT

0 comments:

Post a Comment

add

 
Top