Photo of Milford Sound in New Zealand

एजेन्सी। सबैलाई अचम्मित पार्दै इण्डोनेसियामा केही समय पहिले एकजना १६ वर्षे युवकले ७१ वर्षकी महिलासँग बिहे गरे । उक्त जोडी हालै हनिमुन मनाएर फर्किसकेको छ । अब उनीहरुको इच्छा छ कि छिटो भन्दा छिटो घरमा बच्चा जन्मियोस् ।

यो अनमेल जोडीको लभस्टोरीमा केही अनौठा कुरा थिए । उमेरमा ५५ वर्षको अन्तर, केटा नाबालक नै रहेको, महिलाको चाहिँ तेस्रो बिहे अनि उनको आपराधिक रेकर्ड । यी सबै समस्या थिए उनीहरुको प्रेममा ।

तर सलामत र रोहायाले एक आपसमा बिहे नगरी बाच्नै नसकिने निधो गरे । आफूहरुको सम्बन्धमा भाँजो हाल्ने परिवार तथा समाजलाई आत्महत्याको धम्की दिए र अन्ततः बिहे गरिछाडे ।

७१ वर्षकी वृद्धालाई बिहे गरेका युवक सलामत आफ्नी पत्नीप्रति यति शंकालु रहेछन् कि परपुरुषले आफ्नी पत्नीमाथि आँखा नलगाओस् भनेर श्रीमतीलाई घरमा एक्लै छाड्नु परेको बेला ढोकामा ताल्चा ठोकेर मात्र बाहिर निस्किन्छन् । पत्नीलाई लिएर जाँदा अरुले आँखा लगाउला भनेर उनी नमाजका लागि मस्जिदमा पनि जाँदैनन् ।

सलामतको इच्छा छ कि घरमा छिटो भन्दा छिटो बच्चा जन्मियोस् । यदि छोरा जन्मिएमा आन्द्रे मौलाना नाम राख्ने र छोरी भएमा पुत्री परमाता सारी नाम राख्ने निधो उनले गरिसकेका छन् । गर्भाधारणको विषयमा उनीहरुले डाक्टरहरुसँग पनि परामर्श गरिरहेको बताइन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2upv3se
via IFTTT

0 comments:

Post a Comment

add

 
Top