Photo of Milford Sound in New Zealand

मन्त्र सिद्धिका लागि सबैभन्दा उत्तम समय ग्रहण लागेको समयलाई मानिन्छ । ग्रहण कालमा कुनै पनि एक मन्त्र, जसको सिद्धि गर्नुहोस् अथवा विशेष प्रयोजनका लागि सिद्धि गर्नुपर्ने होस्, तपाई जप्न सक्नुहुन्छ ।

ग्रहण कालमा मन्त्र जप्नका लागि मालाको आवश्यकता पर्दैन । बरु समयको महत्व हुन्छ ।

यसपटक २३ साउन सोमबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण १ घण्टा ५५ मिनेटसम्म लाग्ने छ । जब ग्रहण सुरु हुन्छ, मन्त्र जप्ने कार्यपनि सुरु गर्नु पर्दछ । साथै ग्रहण सकिएसँगै मन्त्र जप्न पनि छाड्नुपर्दछ ।

ग्रहण सोमबार राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १ बजेर ३ मिनेटमा समाप्त हुने छ ।

यदि तपाइका शत्रुको संख्या धेरै छ र तपाई त्यसबाट पीडित हुनुहुन्छ भने बंगलामुखीको मन्त्र जप्न सक्नुहुन्छ । जो यसप्रकार छ ।
ॐ ह्लीं बगलामुखी देव्यै सर्व दुष्टानाम वाचं मुखं पदम् स्तम्भय जिह्वाम कीलय-कीलय बुद्धिम विनाशाय ह्लीं ॐ नम:।
वाक् सिद्धिका लागिः
ॐ ह्लीं दूं दूर्गाय: नम:
लक्ष्मी (धन) प्राप्तीका लागि तान्त्रिक मन्त्रः
ॐ श्रीं ह्लीं क्लीं ऐं ॐ स्वाहा:।
नोकरी एवं व्यापारमा बृद्धिका लागि निम्नलिखित मन्त्रलाई ग्रहणअवधिसम्म लगातार जप्नुहोस्ः
ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद-प्रसीद श्रीं ह्रीं श्रीं महालक्ष्म्यै नम:।
मुद्दा जित्नका लागिः
ॐ ह्लीं बगलामुखी सर्वदुष्टानां वाचं मुखं पदं स्तंभय जिह्ववां कीलय बुद्धि विनाशय ह्लीं ओम् स्वाहा।।

यो मन्त्रमा उल्लेख ‘सर्वदुष्टानां’ को ठाउँमा जसबाट छुटकरा पाउनुपर्ने हो उसको नाम उच्चारण गर्नुहोस् ।

कुनै पनि मन्त्र तब मात्रै सफल हुन्छ, जब तपाईमा पूर्ण श्रद्धा तथा विश्वास हुन्छ । कसैको नराम्रो सोच्ने व्यक्ति मन्त्र सिद्धि प्राप्त गर्न सक्दैनन् । मन्त्र जप्ने समयमा बास्नादार अगरबत्ती प्रज्ज्वलित गर्नुहोस् । यसबाट मन एकाग्र भएर जपमा मन लाग्नेछ साथै ध्यान अन्त मोडिने छैन ।

lokantar.com बाट साभार

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vBZXTl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top