Photo of Milford Sound in New Zealand

काठमाडौं, २४ पुस । चर्चित कलाकार करिश्मा मानन्धर र उनको पति विनोद मानन्धरवीच अहिले छोरी कविताको विषयले तनाव सिर्जना भएको खुलासा भएको छ । स्रोतका अनुसार छोरीलाई हिरोईन बनाउन लागिपरिरहेकी करिश्माको चाहनामा पति विनोद तगारो बनेपछि अहिले उनीहरुवीचको विवादले उग्र रुप लिएको रिपोर्टर्सनेपालमा खबर छ ।

नेपाली कला क्षेत्रमा राम्रो छवि बनाउन सफल नायिका हुन करिश्मा मानन्धर । उनी नायिकामात्रै नभएर राजनीतिककर्मी पनि हुन । नयाँ शक्ति नेपालकी नेत्री समेत रहेकी मानन्धर पछिल्लो समयमा छोरी कविता मानन्धरलाई हिरोईन बनाउने बताईरहेकी छिन् ।

उसो त पती विनोद मानन्धरको ईच्छा विपरित करिश्मा राजनीतिमा होमिएको समाचारहरु नआएका पनि होईनन् । स्थानीय तहको निर्वाचनको बेलामा मतदाता नामावलीमा नाम नलेखाएको भन्दै श्रीमान विनोदसँग भएको विवाद छताछुल्ल भएको थियो ।

करिश्माले छोरी कविताको २० औँ जन्मोत्सव मनाउँदै गर्दा उनलाई हिरोईन बनाउने उद्घोष गर्न भ्याएकी थिईन् ।छोरीलाई हिराईन बनाउने वा नबनाउने भन्ने विषयले फेरी करिश्मा र विनोदबीच नयाँ विवाद सुरु भएको स्रोतको दाबी छ ।

विनोदले आफूलाई छोडेर राजनीतिमा होमिएको आरोप लगाइरहेको बेला करिश्मा आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने र त्यसको मुख्य भूमिका अर्थात् नायिकामा छोरीलाई अनुबन्ध गर्ने तयारीमा जुटेकी छिन् । एक करोड माथिको लगानीमा चलचित्र बनाउनेगरि तयारी थाल्न करिश्माले पति विनोदसँग छलफल गरेकी छिन् । तर उनको योजना सफल यति सजिलै भैहाल्छ भन्नेमा शंका उत्पन्न भएका छन् ।

करोड माथिको लगानीमा चलचित्र बनाउने करिश्माको प्रस्ताव पति विनोदले सोझै अस्विकार गरेको एक सुत्रले दाबी गरेको छ । विनोदले करिश्मालाई आफ्नो ईच्छा विपरित नमानेर राजनीतिमा गएको र उनी असफल भएको टिप्पणी गर्दै आएका छन् ।

त्यतिमात्रै नभएर उनले छोरी कवितालाई फिल्म ईण्डष्ट्रिजबाट टाढै राख्न समेत करिश्मालाई सुझाउँदै आएका छन् । तर आमा–छोरी जसरी पनि फिल्म खेल्नै पक्षमा उभिएका छन् । उनीहरुले तत्काल फिल्ममा लगानी गरिदिन विनोदलाई चेतावनी समेत दिएका छन् ।

The post करिश्मा मानन्धरको परिवारमा भाँडभैलौ, आमा–छोरीको जिद्दिले विनोद तनाबमा ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D6823w
via IFTTT

0 comments:

Post a Comment

add

 
Top