Photo of Milford Sound in New Zealand

चीनले पनि माग्यो बहुबर्षिय कामदार, परिवारसमेत लान पाइने यस्ता छन थप सुबिधाहरु

काठमाडौं । चीनले पहिलोपटक विदेशीहरुका लागि बहुवर्षे कामदार भिसा खुलाएको छ ।

चीनले विश्वका ख्यातिप्राप्त तथा उच्च दक्षता हासिल गरेका व्यक्तिहरुका लागि ५ देखि १० वर्षे कामदार भिसा आवेदन खुला गरिएको हो ।

चीन सरकारद्वार जारी गरिएको आधारभुत यौग्यता तथा भिसा प्रक्रिया अनुसार भिसाका लागि विभिन्न विधामा नोबेल पुरस्कार विजेता, बैज्ञानिक, कला क्षेत्रका काम गरेको, खेलाडी तथा विश्वमा योगदान दिएका जनशक्तिहरुलाई प्राथमिकता दिइने छ ।

यस्तै, दक्ष प्राविधिक र उद्यमीहरुलाई पनि प्राथमिकता दिइने जनाइएको छ । चीनको आर्थिक र सामाजिक बिकासको लक्ष्य अनुरुप यस्तो भिसा खुला गरिएको जनाएको छ । सो भिसाका लागि अनलाइनमार्फत निशुल्क आवेदन भर्न पाइने व्यवस्था गरिएको छ ।

चीनको यो निर्णयबाट ५० हजार बिदेशी उच्च दक्षता हासिल गरेका कामदार लाभान्वित हुने अनुमान गरिएको छ । भिसा पाउने व्यक्तिहरुले उनीहरुका परिवार पनि चीन लैजान पाउने चिनियाँ अधिकारीहरुले जनाएका छन् । एजेन्सी

The post चीनले पनि माग्यो बहुबर्षिय कामदार, परिवारसमेत लान पाइने यस्ता छन थप सुबिधाहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CTpBGe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top