Photo of Milford Sound in New Zealand

कञ्चनपुर। छोरा र गहनासहित श्रीमती बेपत्ता भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६, कसरौलका २६ वर्षीय चेतु राना खोज्दै हिँडे पनि पत्तो लगाउन सक्नुभएको छैन ।

एघार दिनअघि परिवारका सदस्यलाई जानकारी नै नदिई उहाँकी श्रीमती २२ वर्षीया चैनीदेवी राना दुई छोरासहित गहना र लत्ताकपडा बोकेर बेपत्ता हुनुभएको हो । आफन्त र सम्भावित ठाउँमा श्रीमतीको खोजी गरे पनि श्रीमती फेला पार्न नसकेको चेतुले बताउनुभयो ।

आठ वर्षीय छोरा अजय र छ वर्षीय छोरा अवि सहित उहाँकी श्रीमती पुस १६ गते परिवारका सदस्य नभएको मौका छोप्दै घर छाडेर हिँडेकी हुन् । श्रीमतीले भएको गहना र छोरासहित भागेपछि निकै चिन्तित भएको रानाले बताउनुभयो । माइतीसमेत गाउँमै छ, वडाध्यक्ष जगता रानाले भन्नुभयो, “भागेर जाने अरु ठाउँ नै छैन, कसैले बहकाएर भगाएर लगेका हुन सक्छन् ।”

श्रीमान्सँग ठाकठुक पर्दा म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की दिइरहन्थीन्, छिकेकीसमेत रहनुभएका अध्यक्ष रानाले भन्नुभयो, “यसै कारणले धेरै ठाउँमा खोजिसकेका छौँ, पत्तो लागेको छैन ।”

खोजतलासका लागि परिवारका तर्फबाट नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालय, झलारीमा समेत निवेदन दिइएको उहाँले बताउनुभयो । प्रहरीले समेत बेपत्ता रानाको खोजी गरिरहेको भएपनि हालसम्म फेला भने पार्न सकेको छैन । चेलीबेटी बेचबिखनमा संलग्न दलालले बहकाएर लगेको आशंका परिवारजनले गरेका छन् । etajakhabar

The post म पनि मर्छु, छोरालाई पनि मार्छु भन्ने धम्की श्रीमानलाई दिएर छोरा र गहनासहित बेपत्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D4CaP7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top