Photo of Milford Sound in New Zealand

एजेन्सी । भाइब्रोसिस नामको प्राणघातक ब्याक्टेरियाको संक्रमण भएपछि अमेरिकाको टेक्सासमा एक महिलाको तत्कालै मृत्यु भएको छ । जेनेट ली ब्लांक्स नाम गरेकी ति महिलाले २४ वटा जिउँदो समुद्री घुघीं खाएपछि त्यसको असरका कारण उनको ज्यान गएको बताइएको छ ।

लुजियानामा ति घुघींहरु खाएको ४८ घण्टामा उनको हालत प्रतिकूल भए लगत्तै उनलाई अस्पताल भर्ना गरिए पनि उनलाई बचाउन नसकिएको परिवारले जनाएको छ ।

उनको स्वास्थ्यमा प्रतिकुल असर देखिए लगत्तै उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले उनको परीक्षण गर्दा गर्दै उनको ज्यान गएको थियो । परीक्षणबाट उनलाई भाइब्रोसिस नामको प्राणघातक ब्याक्टेरियाले संक्रमण गरेको बताएका थिए ।

उक्त ब्याक्टेरियाले बिस्तारै मानिसको शरीरको मासु खान्छ । उनको शरीरमा उक्त ब्याक्टेरिया घुघींमार्फत् आएको बताइएको छ । घटना केही समय अगाडी घटेको भए पनि हालै मात्र सार्वजनिक भएको हो ।

The post मानिसको शरीरको मासु खाने ब्याक्टेरियाका कारण हेर्दा हेर्दै मृत्यु भयो यि महिलाको appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mmhrvZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top