Photo of Milford Sound in New Zealand

काठमाडौं । नायिका नन्दिता केसीले आफू हालसम्म कुमारी अर्थात् भर्जिन रहेको दाबी गरेकी छिन् ।नायिका केसीले चलचित्र पत्रिका कामनालाई अन्तर्वार्ता दिँदै स्त्री–पुरुषबीच हुने प्रेममा हालसम्म नपरेको दावी गर्दै यौनका बारेमा भने मुख खोलेकी छिन् ।

‘म भर्जिन छु । सानैदेखि रिलेसनमा बस्न मन लागेन । म यौनका लागि विवाह कुरेर बसेकी छु । म हण्ड्रेड पर्सेन्ट भर्जिन छु ।’ नन्दिताका अनुसार ‘यौनका बारेमा पूरै कुरा बुझ्ने भएपछि मात्र त्यस्तो रिलेसन राख्नु बेस हुन्छ ।’ ‘यौन प्रकृतिले दिएको देन हो,’ नन्दिता भन्छिन्—‘यौनले वैवाहिक जीवनलाई अझ सुन्दर बनाउँछ तर अहिलेका युवाहरू धेरै फरवार्ड छन्, यौन सस्तो भएको छ ।’

उक्त अन्तर्वार्तामा नन्दिताले यौनका बारेमा केही टिप्ससमेत दिएकी छिन् । उनको सुझाव छ— ‘यौनका लागि शान्त र गोप्य ठाउँ हुनुपर्छ, जहाँ कसैले पनि डिस्टर्ब नगरोस् । बुद्धि नपुर्‍याई गरिएको यौनसम्पर्क असुरक्षित मात्र होइन, अमर्यादित पनि हुन्छ ।’ नन्दिताले चलचित्रमा देखाइने यौनजन्य दृश्यप्रति टिप्पणी गर्दै भनेकी छिन्— ‘कतिपय चलचित्रमा यौन दृश्य आवश्यक हुन्छ तर कतिपयमा जबरजस्ती राखिएको हुन्छ जसले गर्दा दर्शकमा रोमाञ्चकता छाउनुको साटो वितृष्णा बढ्ने गरेको छ ।’ कामनाबाट

The post अहिलेसम्म कसैसँग याैन सम्बन्ध राखेकै छैन -नायिका नन्दिता केसी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dp6S2m
via IFTTT
21 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top