Photo of Milford Sound in New Zealand

फागुन १८ । नेपाल पुलिस क्लब धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा भारतको कालिङपोङस्थित शेरे क्लबलाई ३–० ले पराजित गर्दै पुलिसले अन्तिम चारमा ठाउँ बनाएको हो ।

पुलिसलाई जिताउनेक्रममा खेलको ४०औं मिनेटमा रविनश्रेष्ठले, ७०औं मिनेटमा भरत शाहले तथा ८०औं मिनेटमा हेम तामाङले गोल गरे । यो खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

पुलिसले अब बिहीबार रुपन्देही–११ सँग खेल्नेछ । क्वार्टरफाइनलमा रुपन्देहीले आयोजक धरान फुटबल क्लबलाई ४–१ ले हराएको थियो ।

पहिलो सेमिफाइनलमा बुधबार सशस्त्र प्रहरीको एपीएफ टिमले मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

क्वार्टरफाइनलमा सशस्त्रले पोखरा–११ लाई पेनाल्टी सुटआउटमा ५–४ ले तथा मनाङले भुटान ११ लाई ८–० ले हराएको थियो ।

प्रतियोगिता विजेताले चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ जित्नेछन् ।


from SHYANE http://ift.tt/1L4a5qy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top