Photo of Milford Sound in New Zealand

चैत ९ । बंगलादेशलाई हराउँदै अष्ट्रेलियाले भारतमा जारी विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
भारतको बैङ्ग्लोरमा सोमबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
justify;">जवाफमा १ सय ५७ रनको चुनौती अष्ट्रेलियाले खेलमा ९ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्‍यो ।
अष्ट्रेलियाको जितमा सुरुवाती व्याट्सम्यान उस्मान खवाजाको ५८ रन महत्वपूर्ण रह्यो । जितसँगै अष्ट्रेलियाले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अंकको खाता खोलेको छ ।
विश्वकप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्नेछन् । लगातार दुई खेल जितेको न्युजिल्याण्ड उत्कृष्ट लयमा छ भने एक खेलमा जित तथा एक खेलमा हार भोगेको पाकिस्तान आजको खेलपूर्व दबाबमा छ ।


from SHYANE http://ift.tt/1Znb7jT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top