Photo of Milford Sound in New Zealand

चैत १।  कहिले कुखुरालाई पुलिसले पक्रिन्छ त कहिले बाख्रोलाई पक्रिन्छ । कहिले भगवानको नाममा परिचयपत्र तयार हुन्छ । यो पाला भने भारतको एक अदालत निकै क्रान्तिकारी बन्दै भगवान हनुमानका नाममा आदेश जारी गरेको छ । सडक किनाराको मन्दिरबाट मन्दिर सहित तत्कालै हट्न अदालतले हनुमानका नाममा आदेश दिएको हो ।
बिहारको रोहतास जिल्लाको डहेरी अनसोनको एक अदालतले यस्तो आदेश दिएको बताइएको छ । अदालतको आदेश पछि जिल्लाका सर्कल अफिसरको नामबाट  भगवान हनुमानको नाममा सूचना जारी गर्दै मन्दिर सहित आफुलाई हटाउन निर्देशन दिइयो ।
हनुमान मन्दिरको मूर्तिमा टाँसिएको सूचनामा लेखिएको छ: तिम्रो मन्दिरको कारण सडकमा हिड्ने मानिसलाई गाह्रो भैरहेको छ । त्यसैले तिमीले यहाँबाट आफ्नो मन्दिर हटाऊ ।
हनुमानका नाममा नोटिस जारी हुनेबित्तिकै यो घटनामाथि खुबै हसिमजाक भैरहेको छ र विरोध पनि भैरहेको छ । बजरंगी दलका कार्यकर्ताहरु मन्दिरमा पुगेर नाराबाजी तथा हंगामा गरे । सडक बन्द गरेर प्रशासनको विरुद्ध नाराबाजी गरे । हनुमानको मूर्तिमै सूचना टाँस गरिएको छ ।
यो घटनापछि सर्कल अफिसरले गल्ती स्विकार गरे । कसको गल्तीका कारण हनुमान मन्दिरको नाउँमा सूचना पठाइएको हो, त्यस विषयमा अनुसन्धान हुने उनले बताएका छन् ।
यसअघि बिहारको बेगुसराय जिल्लामा पनि हनुमान मन्दिर हटाउनका लागि बजरंगबलीको नाममा सूचना पठाइएको थियो । यसअघि सितामढीमा भगवान रामको विरुद्धमा मुद्दा हालिएको घटना पनि सार्वजनिक भएको थियो ।


from SHYANE http://ift.tt/1TGZKnf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top