Photo of Milford Sound in New Zealand

बिमल रानाको ह्याटि्रकको मदतले रुपन्देही ११ लाई पराजित गर्दै हेटांैडाको विजय युथ क्लबले सातौं सिमरा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार भएको फाइलन भिडन्तमा रुपन्देहीलाई ४-० ले पराजित गर्दै हेटौडाले पहिलो सहभागितामै उपाधि उचालेको हो । उपाधिसँगै हेटौंडाले पाँच लाख ५१ हजार हात पारेको छ भने उपविजेता रुपन्देहीले दुई लाख ५० हजारमै चित्त बुझाएको छ ।
सिमरा रंगशालामा भएको खेलको २१ औं मिनेटमा बिमल रानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । सुनिल बलले प्रहार गरेको कर्नर बललाई सदुपयोग गर्दै रानाले हेड गोल गरे । त्यसअघि रुपन्देहीका गणेश खड्काले सुरुवातमै गोल गर्ने अवसर चुकाएका थिए ।
दोस्रो हाफमा लय समातेको हेटौंडाले तीन गोल थप्दै फराकिलो जित आत्मसाथ गर्‍यो । लगातार दबाब सिर्जना गरेको हेटौंडाले खेलको ५८ औं मिनेटमा अग्रता दोब्बर पार्‍यो । सुनिल बिकको पासलाई सदुपयोग गर्दै बलले अग्रता दोब्बर पारेका हुन् ।
त्यसको एक मिनेट बित्न नपाउँदै बिमलले ब्यक्तिगत दोस्रो टिम तथा टिमका लागि तेस्रो गोल गरे । फिनिसिङमा कमजोर देखिएको रुपन्देहीको रक्षापंक्ति सम्हालिन नसक्दा हेटौंडाका बिमल रानाले चौथो ७९ औं मिनेटमा ह्याटि्रक पुरा गरे ।
बिमलको प्रतियोगितामा यो चौथो गोल हो । चार गोल गरेका बिमलले सर्वाधिक गोलकर्ताको उपाधिसहित १५ हजार नगद पाए ।
बिमल नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक हेटौडाका अशोक बराल र प्रशिक्षक सुविन घिमिरे घोषित हुँदा अन्य बिधाको पुरस्कार रुपन्देहीका खेलाडीले हात पारे ।
उत्कृष्ट मिडफिल्ड रुपन्देहीका शिव श्रेष्ठ, उत्कृष्ट डिफेन्स देवेन्द्र तामाङ, उत्कृष्ट फर्वाड योगेश गुरुङ घोषित भए । उनीहरुले नही १५ हजार प्राप्त गरेका छन् ।


from ARENA http://ift.tt/1Up03Ss
via IFTTT

0 comments:

Post a Comment

add

 
Top